पोखरा महानगरका विज्ञ एवं पुल्चोक इन्जिनियरका प्रध्यापक पहारीलाई १० महिना कैदसहित करिब एककरोड बरावरको जरिवाना
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पोखरा महानगरपालिकाले गठन गरेको मापदण्ड सुझाब समितिका संयोजक प्रध्यापक इन्जिनियर भरत पहारीलाई करिब करोड रुपैँया र १० महिनाको कैद सजाए विशेष अदालतले फैसला गरेको छ ।
अख्तियारले २०७३ साउन २४ मा चार करोड रुपैयाँ भन्दा धेरैको विगो दाबी गर्दै विशेष अदालतमा उनी विरुद्ध मुद्धा दर्ता गरेको थियो ।अख्तियार दुरुपयोग अुनसन्धान आयोगले विशेष अदालतमा पुल्चोक इन्जिनियर कलेजका प्रध्यापक रहेका अकुत सम्पती सकाएको अभियोगमा मुद्धा दायर गरेको थियो ।
उच्च अदालतका बरिष्ठ न्यायधीश बाबुराम रेग्मीको नेतृत्वमा न्यायधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकालको इजालसले पहारीलाई ९८ लाख ९३ हजार रुपैयाको स्रोत नखुलेको सम्पत्ती देखी एकको भन्दै कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
उनको श्रीमती विरुद्ध पनि अख्तियारले अकुत सम्पत्ती कमाएको भन्दै मुद्धा दर्ता गरेको छ ।
Related