• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सफल एक्स्पो पोखरा सुरु

  •      /१३ मंसिर २०७५, बिहीबार १५:०६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा न्यूज ।पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबारबाट सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्स्पो नयाँबजारको प्रदर्शनी केन्द्रमा मंसिर २४ गतेसम्म जारी रहने छ ।

    एक्स्पोको उद्घाटन गर्दै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गरे । ‘यहाँ जुत्ता उत्पादन गरेर बेच्ने काम सरकारको होइन, यो त निजी क्षेत्र र कतिपय अवस्थामा सहकारीले गर्नुपर्छ’, उन भने,‘प्रदेश सरकार उद्योग स्थापना र संचालनको लागि वातावरण बनाउन तयार छ ।’

    उनले उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न तयार रहेको बताए । त्यस्तै उनले सिमेण्ट कारखानालगायतका ठूला परियोजनामा लगानी गर्न यहाँको निजी क्षेत्रसँग आग्रह पनि गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामजश्यको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताए ।

    पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर सम्वृद्धि हासिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताए । केन्द्रीय सरकार गठनपछिका ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि सुखद नभएको बताउँदै उनले सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएकोमा असन्तुष्टी जाहेर गरे ।

    तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले २०३६ सालदेखि बन्द रहेको तनहुँको पालुङटार विमानस्थल संचालनमा आउन सके गण्डकी प्रदेशमा आउने पर्यटकको संख्यामा वृद्धि हुने बताए ।

    एक्सपोको मूख्य प्रायोजक लक्ष्मी समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने एक्सपोले आर्थिक गतिविधी चलायमान हुने बताए ।

    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला र महोत्सव आयोजनाको सुरुवात गर्ने पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको स्तर खस्कन नदिनेबारे सोच्न आयोजकलाई आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.