प्रेसको सम्मान गर्ने प्रतिबद्धता ब्यात्त गर्दै गायक पराजुलीले पत्रकार अथक सँग माफी मागे
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / मिटर व्याजको समाचार सम्प्रेषण गरेको विषयलाइ लिएर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य प्रमुख कमल पौडेल अथकलाई धम्की सहित दुव्र्यवहार गर्ने गायक प्रजापति पराजुलीले माफी मागेका छन् ।
निवेदक पौडेलले शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रहरी कार्यलय कास्कीमा दिएको निवेदनका आधारमा वुधवार दिउसो पत्रकार पौडेल माथि दुव्र्यवहार गर्ने गायक पराजुलीलाई कास्की प्रहरीले पक्राउ गरी एक रात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको थियो ।
त्यसैगरी मिटर व्याज ठगी प्रकरणको समाचारको विषयलाइ लिएर पत्रकार कमल पौडेल अथकलाई मोवाइलबाट फोनगरी वाट गाली, गलौच गर्ने निज लक्ष्मीका देवर नाता पर्ने पोखरा १३ का परमेश्वर वरालले पनि अन्जानमा गल्ती भएको भन्दै एक पटक माफी गरिदिन आग्रह गरे पछि पत्रकार अथकले माफी दिएका छन ।उनलाई फेरी गल्ती नदोहोर्याउने शर्तमा माफी दिएको पौडेलले वताए ।
त्यसैगरी लक्ष्मीका भाइ नाता पर्ने हिमलाल पराजुलीले पनि माफी मागेका छन् । एक पटकलाइ माफी भन्ने वुँदा उल्लेख गर्दै उनीहरु हिरासत मुक्त भएका छन् ।
प्रेस स्वतन्त्रता माथि धावा वोल्दै पत्रकार पौडेललाई दुव्र्यवहार गरेका प्रजापति पराजुलीले एक रातको हिरासत पछि जीवनमा ठूलो पाठ सिकेको भन्दै आगामी दिनमा आम नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् । भुल र अन्जानवस केही गल्ती भएपनि आगामी दिनमा स्वतन्त्र प्रेसको सम्मान गर्ने गायक पराजुलीले प्रतिवद्धता जनाए।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी रवीन्द्रमान गुरुङ , नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि वराल लगायतका पत्रकारहरुको रोहवरमा प्रजापति पराजुली लगायत र पत्रकार कमल पौडेल अथक वीच सहमति भएपछि समाचारको विषयमा भएको विवाद सकिएको हो ।
Related