पोखरामा निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन
/१६ मंसिर २०७५, आईतवार १३:१० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । कंचनपुरकी १३ बर्षिय बालीका निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कानुनी कारवारहीको माग गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरा प्रदर्शन गरेको छ। नेकपाको देशव्यापी कार्यक्रम अन्तरगत पोखरामा प्रदर्शन गरेको हो।
नेकपा कास्कीका सेक्रेटरी आक्रोशले बालिका निर्मला पन्तको हत्यारा खोजी गर्ने क्रममा नेकपा नजिक पुगेको दाबी गर्दै सरकारले दोषीमाथि कारवाही नगरे नेकपाले कारवाही गर्ने बताए । उनले देशभर व्याप्त, हत्या, वलात्कार, भ्रस्टाचार, अनियमितताबिरुद्ध कारवाही गर्न पार्टी तयार रहेको स्पस्ट पार्दै भ्रस्ट जनप्रतिनिधिहरुलाई पनि नछाडिने बताए ।
शान्तिका लागि नागरिक संजालका बिष्णु बरालले देशव्यापी घटना बढ्नुमा देशको शासन व्यवस्था कमजोर रहेको आरोप लगाए।
जुलुशमा पोखराको सृजनाचोकबाट शुरु भै पृथ्वीचोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो।

Related