पोखरा। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
बाँदरको आक्रमणबाट मंगलवार स्थानीय ४० वर्षीया लक्ष्मी जैसी घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो ।
जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयले जानकारी दिए । पर्वतमा बनजंगलको बृद्धी संगै बाँदाले आतंक मच्चाउन थालेपछि केही गाउँपालिकाहरुले बाँदर समात्न तालिम प्राप्त ब्याक्ती ल्याएर अभियान थालेका थिए।
गाँउपालिकाले एउटा बाँदा समाते बपत २ हजार रुपैयाँ दिने गरी प्राविधिक झिकाएका थिए।
शुभेच्छा न्यूज संम्वाददाता

Related