बैंकहरूको निक्षेपमा ब्याजदर ‘सिन्डिकेट’ तोडिएसँगै बढी ब्याज दिन प्रतिष्पर्धा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । निक्षेप र कर्जाको ब्याजदरमा ’सिन्डिकेट’ लादिरहेको नेपाल बैंकर्स एशोसियसनले निक्षेपको ब्याजदर तोक्न बैंकहरूलाई खुला गरिदिएसँगै अब बैंकमा रकम जम्मा गर्ने निक्षेपकर्ताले उचित ब्याज पाउने भएका छन् ।
मंगलबार संधले निक्षेपको ब्याजदर बैंकहरू आफैंले तोक्न सक्ने निर्णय गरेको थियो । कम ब्याज दिँदा बैंकिङ प्रणालीमा निक्षेप जम्मा गर्न चाहने सर्वसाधारण घटेर फेरी आर्थिक मन्दीतर्फ अर्थएतन्त्र ओरोलो लग्न थालेपछि एशोसिएसनले यो निर्णय लिएको हो।
निक्षेप कर्ताले पर्याप्त रकम बैकमा जम्म नगरेपछि बैंकबाट ऋण लिन चाहनेले सजिलै कर्जा पाएका थिएनन् । निक्षेपको ब्याजदर बैंकहरूले नै तोक्न पाएपछि मंगलबार नै जनता बैंकले मुद्धती निक्षेपको ब्याजदर १२प्रतिशत दिने जनाईसकेको छ । यस्तै माछापुच्छ्रे बैंकले पनि मुद्धती निक्षेपमै १२ प्रतिशत ब्याज दिने निर्णय गरेको छ ।
बैंकहरूले तोकेको नयाँ ब्याजदरमा ०.५५ बिन्दु बढीसम्म ब्याजदर दिन सक्ने हुनाले अब बैंकमा रकम जम्मा गर्नेले १३ प्रतिशत सम्म ब्याजदर पाउन सक्छन् । यसअघि सिंस्थागत निक्षेपमा बढी ब्याजदर दिने प्रतिष्पर्धा थियो । तर बैंकहरूबीच अब ब्यक्तिगत निक्षेपमै बढी ब्याजदर दिन प्रतिष्पर्धा हुने देखिएको छ ।
बैंकको ब्याजदरमा सिन्डिकेट लादिरहेको बैंकर्स संघले यसअघि यसलाई ’भद्र सहमति’ नामाकरण गर्ने गरेको थियो । निक्षेपमा बढी ब्याज दिँदा अब बैंकबाट कर्जा लिनेले पनि बढी ब्याज तिर्नुपर्ने देखिएको छ ।
अधिकांश बैंकहरूले केही दिनभित्रै मुद्धती निक्षेपमा आकर्षक ब्याजदर दिने प्रस्तावसहितको योजना ल्याउने तयारी गरिरहेका छन् । मुद्धती निक्षेपमा बढी ब्याजदर प्राप्त गर्ने अवस्थामा निक्षेपकर्ताहरूलाई आफ्नो रकम जम्मा गर्ने बैंक छनोट गर्ने सुविधा मिल्नेछ ।
Related