• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ महोत्सव पुषको पहिलो सातादेखि सञ्चालन हुने

  •      /१९ मंसिर २०७५, बुधबार १५:४३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १५ औं संस्करणको लेखनाथ महोत्सव पुषको पहिलो सातादेखि हुने भएको छ ।

    विगत १५ वर्ष देखि लेखनाथमा हुँदै आएको महोत्सव आगामी पुषको ५ गते देखि १६ गतेसम्म हुने बुधबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

    महोत्सवमा करीव ३ सय ५० स्टल रहने आयोजकले जनाएको छ । हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेकका छन्। । संघका अनुसार महोत्सवमा स्थानिय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खाना लगायतको प्रदर्शनी गरिनेछ ।

    त्यस्तै ख्याति प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । महोत्सवमा बाल उद्धान खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।

    महोत्सवमा कवि शिरोमणी लेखनाथ पौड्यालको सम्मानमा देशव्यापी कविता प्रतियोगिता गरिने भएको छ भने लुकेको प्रतिभाको खोजी गर्ने उद्धेश्यले आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘गण्डकी तारा’लाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । यसैगरी रत्यौली प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।

    महोत्सव अबधिभर तीन लाख दर्शकले अवलोकन गर्ने र करीब १५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । करीब ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १ करोड २५ लाख आम्दानी गरी ३५ लाख बचत गर्ने लक्ष्य राखिएको उनले बताए ।

    महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्री केन्द्र निर्माण गर्ने, प्रदशनी स्थलको स्तरोन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जनाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.