• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमेरिकामा नेपाली माथि गोली प्रहार

  •      /२० मंसिर २०७५, बिहीबार ०६:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । अमेरिकाको टेक्सस राज्यमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक नेपाली युवा गम्भीर घाइते भएका छन्।

    गोली लागि गम्भीर घाइते भएका धनगढीका बिनोद जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी समयअनुसार सोमबार बिहान टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको हो। जेठारा सो पेट्रोल पम्पमा एक वर्षदेखि काम गर्दै आएका थिए।

    ‘छातिमा गोली लागेका उनको अवस्था गम्भीर रहेको छ’ /टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिका खोजी भइरहेको बताएको छ। कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ। बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो।

    गोली लागेपछि फोन गरेर पेट्रोल पम्पका मालिकलाई खबर दिइएको थियो।उनका श्रीमती र तीन वर्षिया छोरी नेपालमै छन्। दुवै नेपालबाट अमेरिका जाने प्रक्रियामा रहेका छन्। अमेरिकामा रहेका नेपालीहरुले जेठाराका परिवारलाई सहयोगका लागि आर्थिक संकलन शुरु गरेका छन्।

    एकान्त स्थानमा रहने अमेरिकाका पेट्रोल पम्पहरु लुटेराहरुको आक्रमणका निसाना बन्दै आएका छन्। केही वर्षदेखि अमेरिकामा बस्दै आएका पत्रकार पन्थीकाअनुसार अमेरिकामा पछिल्लो १४ वर्षमा ग्याँस स्टेसन(पेट्रोल) वा कन्भिनेन्स सेन्टरहरुमा कम्तिमा १४ जना नेपालीको हत्या भैसकेको छ। अधिकांश घटना रातको समयमा हुने गरेका छन्।

    अमेरिकामा रहेका पत्रकार किशोर पन्थीले लेखेका छन्।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.