पोखरामा मङ्सिर २४ देखि अन्तरराष्ट्रिय पर्वतीय महोत्सव
/२१ मंसिर २०७५, शुक्रबार ०३:३८ , प्रकाशीत
कास्की । पोखरामा अन्तरराष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । हिमाली क्षेत्रको कला, संस्कृति र भौगोलिक अवस्थाबारे जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना हुन लागेको हो ।
नेपाल पर्वतारोहण संघ (एनएमए)को आयोजनामा घारिपाटनस्थित पर्वतीय संग्रहालय परिसरमा आगामी मङ्सिर २४ गतेदेखि ३ दिने महोत्सव हुने भएको छ । एनएमएले पाँचौंपटक महोत्सवको आयोजना गर्न लागेको हो ।
२०६० सालदेखि सञ्चालनमा आएको संग्रहालयमा हिमाली क्षेत्रको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाको बारेमा जानकारीमूलक सामग्री राखिने छन् ।
हिमाली संस्कृतिको सम्बन्धमा जानकारी दिँदै बदलिँदो विश्व परिवेशबारेमा जानकारी गराउन महोत्सवको आयोजना गरिएको नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले एनएमएले यसै दिन विगत ४ वर्षदेखि अन्तरराष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आएको लामाले बताए
महोत्सवमा यसवर्ष नेपाली धावक बैकुण्ठ मानन्धर ‘एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ प्रतियोगिता, एनएमए हिमालयन साइक्लिङ र एनएमए टोनी हेगन टुरिजम पेन्टिङ स्पर्धासमेत हुने संघका महासचिव गुरुङले बताए ।
यसमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद दिइनेछ । टुरिजम पेन्टिङका लागि ५५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा प्रदर्शनीका लागि संग्रहालयभित्र स्टल राखिनेछ । त्यहाँ विभिन्न हिमाली क्षेत्रका कला, संस्कृति र परम्परागत शैलीका सामग्री राखिने छ ।
महोत्सवमा हिमाली क्षेत्रमा खेलिने छेलो (ढुंगा) हान्ने खेल तथा स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी सदभाव कायम गर्ने खेल प्रतियोगितामा राखिएको छ । महोत्सवमा माथिल्लो मुस्ताङलगायत थकाली समुदायमा प्रचलित तिर हान्ने खेलको प्रतियोगिता राखिएको छ ।

Related