नेपालकी छोरी शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ औं स्थानमा पुगिन्
/२२ मंसिर २०७५, शनिबार १३:३५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। चीनको सान्यामा ‘मिस वल्र्ड’ २०१८ को विशेष कार्यक्रम भइरहेको छ । मिस वर्ल्डको शीर्ष १२ मा मिस शृङ्खला खतिवडा पुगेकि छिन्। उनी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् ।
योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् । मिस वर्ल्डमा मिस नेपाल शृङ्खला खतिवडा दावेदार प्रतिस्पर्धी बनेकी छिन् ।
‘मिस वल्र्ड’ मा नेपालसंगै १ सय २१ देशको सहभागिता रहेको छ । फाइनलमा नेपाली झण्डा सहित मिस नेपाल श्रृँखला खतिवडा सहभागी भएकी छिन् । शृङ्खलाका बुवा, आमासहित अरु नेपालीहरु पनि नेपाली झण्डा सहित फाइनल हेर्न चीन पुगेका छन् । प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् ।
श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी थिइन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितिन्।
६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् भने यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ ।

Related