यूवतीको शव दुई सातापछि कालिगण्डकीको ड्याममा भेटियो,
/२२ मंसिर २०७५, शनिबार ०६:०७ , प्रकाशीत
शुभेच्छा न्यूज /संम्वाददाता
पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो ।
खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेगलेको अवस्था शव भेटिएको विहादी ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए। । स्याङजाको कालिगण्डकी गाउँपालिका ७ स्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा भेटिएको शवलाई पोष्टमार्टमका लागि वालिङ पठाइएको आलेले बताए।
मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनवहादुर कुँवरले शुक्रवार विहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक श्रेष्ठले बुवा संग पैसाको माग गरेकी थिइन् । पैसा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिईन् ।
त्यहि झोकमा उनले नदीमा हाम फालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Related