शुभेच्छा न्यूज /संम्वाददाता
बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघको १७ औं महाधिवेशनकोे निर्वाचनको मतदान शनिबार बिहानदेखि सुरु भएको छ । बालमन्दिर प्रथामिक विद्यालयको प्राङ्गणमा भईरहेको मतदानस्थलमा पहिलै पुगेका जिवन शेरचनले पहिलो मतदान गरेका हुन् ।
मतदान विहान करिब ८ बजे देखि सुरु भएको निर्वाचन कमिटिका संयोजक भुमिश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार शनिबार दिउँसो ५ बजेसम्म मतदान संचालन हुने भएको छ ।
अध्यक्षको लागि एक, उद्योग सदस्यको लागि दुई, महिला सदस्यको लागि दुई र खुल्ला सदस्य १४ जनाको लागि निर्वाचन हुनेछ । संघमा एक हजार २ सय २२ जना मतदाताहरु रहेका छन् ।
दयाराम पौडेल र युवराज राजभण्डारीको नेतृत्वको प्यानल सहितको टोलीले आज विहानैदेखि मतदातासँग निर्वाचनस्थलमा मत मागिरहेका छन् । अध्यक्षका दुई प्रत्यासि पौडेल साझा प्यानल घोषणा गरेर राजभण्डारी लोकतान्त्रीक प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
पौडेललाई नेकपाले सहयोग गरेको छभने राजभण्डारीलाई नेपाली काँग्रेस सहित राष्ट्रिय जनमोर्चा, राप्रपा र नयाँ शक्ति नेपालले सहयोग गरेका छन् ।पौडेल हाल संघको महासचिव र राजभण्डारी बरिष्ठ उपाध्यक्ष हुन ।
अध्यक्षका प्रत्यासी पौडेलको प्यानलबाट उद्योग सदस्यमा हेमबहादुर खत्री र सन्दिप खत्री, महिला सदस्यमा शर्मिला खड्का र यामकुमारी श्रीस रहनुभएको छ । त्यस्तै १४ जना खुल्ला सदस्यमा प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्मा रहनुभएको छ ।
त्यसैगरी राजभण्डारीको प्यानलबाट उद्योग सदस्यमा ऋषिराम गौतम र राजन कुमार शाक्य, महिला सदस्यमा सितादेवी सापकोटा कंडेल र अर्चना पालिखे रहनुभएको छ/
१४ जना खुल्ला सदस्यमा नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगर रहनुभएको छ ।

Related