प्रधानमन्त्री सहित सातै प्रदेशका मुख्यमन्त्री बीच आज अन्तरप्रदेश परिषद्को बैठक बस्दै
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद्को बैठक आइतबार आह्वान गरेका हुन्। बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा सहभागी हुनेछन्। सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन्। त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीले जानकारी गराएपछि प्रधामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्योजक अधिकारीले जानकारी दिए।
बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारबाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ। संविधानमा सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो।
Related