• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेगनासमा ज्यान गुमाउनेको स्मृतिमा ज्ञान महायज्ञ चल्दै

  •      /२३ मंसिर २०७५, आईतवार १३:३२ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । बेगनासताल प्रकृतिको वरदान तर कहिलेकाहीँ यहि ताल काल बन्छ ।यहि बेगनास तालमा पटक पटक भएका दुर्धटनामा धेरै व्यक्ति हरुले ज्यान गुमाएका छन ।

    ताल भन्ने बित्तिकै डुँगाको कुरा आउँछ र त्यहि डुँगा कहिले हावाहुरिले पल्टाइ दिएको छ त कहिले असावधानिका कारण पनि यो तालमा डुँगा डुवेर दुर्घटना भएका छन ।

    यसै तालमा कतिले छोरा छोरी कतिले बाबू आमा त कतिले आफन्त गुमाएका छन ।धेरै पटक वेगनास तालले धेरैलाई रुवाएको छ यधपि यसमा वेगनास तालको भन्दा पनि दैबी विपत्ति र मानविय असावधानी मुख्य कारक रहन्छ।

    पछिल्लो पटक गएको केही महिना अगाडि पनि भयानक दुर्धटना वेगनास तालमा भएको छ जसमा तिज मनाउन माइति आएका चेलि हरुले ज्यान गुमाउनु पर्याे ।

    यतिबेला समयका विभिन्न कालखण्डमा बेगनासतालमा ज्यान गुमाउने हरुको तथ्यांक सँकलन गरी ज्यान गुमाएका आत्म हरुको चिर शान्तिको कामना स्वरुप यहि मँसिर २२ गते शनिवार देखि बेगनासताल किनारमा विराटमहायज्ञ शुरु भएको छ ।

    यो महायज्ञ अरु भन्दा नितान्त फरक छ ।महायज्ञ स्थलमा बेगनासतालमा ज्यान गुमाएका ती बालबालिका बृद्दबृद्दा वयस्कका फोटोहरु टँगिएका छन ।जसलाइ हेर्दा जो कोहिका आँखा रसाउँछ ।

    आयोजकको भनाइमा अहिले सम्म करिव एक सय तीन भन्दा बढिको तथ्यांक आएको छ र केहिले आफ्ना आफन्तको नाम नलेखिदिन आग्रह गरेकाले फ्ल्यास बोर्डमा लेखिएको छैन भने केहिले आफन्तका फोटाहरु महायज्ञ स्थलमा राखेर उनी हरुको सम्झना गरि रहेका छन ।मानविय संवेदनाका आँसुले यतिबेला बेगनासतालको किनार भिजेको छ ।

    यो विराट महायज्ञको आयोजन गर्ने राष्ट्रिय परोपकार महासंघले दिवंगत आत्माको चिरशान्ति र तालक्षेत्र वरिपरि रहेका धार्मिक मठ मन्दिर सँरक्षण सँम्वर्धनका दिवंगत आत्माहरुको सम्झनामा स्तम्भ निर्माण लगाएतका कार्यकालागि विराट महायज्ञ लगाइएको आयोजक कमिटीका गणेश अधिकारीले बताए ।

    शनिवार देखि शुरु भएको महायज्ञमा शनिवार र आइतवार सम्म विभिन्न दानविरहरुवाट ८ लाख पचास हजार सँकलन भएको अधिकारीले बताए ।
    महायज्ञ यहि मँसिर २९ गते सम्म सन्चालन हुने । कथावाचन भागवत भाष्कर कमलनयन गौतमवाट भइरहेको छ/

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.