• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भलाम खोलामा पक्की पुल निर्माण

  •      /२४ मंसिर २०७५, सोमबार ०३:२१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा ।  पोखरा महानगरपालिकाअन्तर्गत मणिपाल फूलबारी र भलाम जोड्ने पक्की पुलको निर्माण सम्पन्न भएको छ । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आइतवार उद्घाटन गरे ।

    पुलले महानगरका २० विभिन्न स्थानको विकास निर्माणमा टेवा पुग्ने उनले बताए । पुल निर्माणका लागि सरकारले १ करोड ७३ लाख ४२ हजार अनुदान र स्थानीयले १९ लाख २६ हजार बराबरको श्रमदान गरेका थिए ।

    यो वर्ष प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत पोखरा महानगरको मणिपाल फूलबारी भलाम, चण्डी देउराली, हरिहर गुफा हुँदै अर्मला जोड्ने पक्की सडक निर्माण गरिने जानकारी बस्नेतले दिए ।

    गण्डकी प्रदेशका सांसद बिन्दु थापाले भलामको पुलबाट पोखरा महानगर–२० मा विकासको शुरुआत भएको धारणा राखे । यस्तै, सांसद प्रभा कोइरालाले भलाममा निर्मित पक्की पुलले भलाम र मणिपाल फूलबारी जोड्ने मात्र नभएर आसपासका ग्रामीण भेगमा उत्पादित कृषि उत्पादन बजार पुर्‍याउन सहज हुने बताइन् ।

    उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्रीले छोटो समयमै योजना सम्पन्न भएको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.