• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डहरे लेक लाई फलेवास नगरपालिकाले ओपन जु बनाउने

  •      /२५ मंसिर २०७५, मंगलवार १२:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा।समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउरालीलाई फलेवास नगरपालिकाले पर्यटकीय र धार्मिक महत्व समेत प्रबद्र्धन हुने गरी ‘ओपन जू’का रुपमा विकास गर्ने भएको हो ।

    नगरपालिकाले गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई प्राथमिकता दिई वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ्ग उडान, डहरेमा अवस्थित मन्दिरको प्रबद्र्धनलगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

    नगर प्रमुख पदमपाणि शर्माले विस्तृत योजना सर्बेक्षण कार्य भइरहेको बताउँदै उक्त क्षेत्रलाई फलेवास नगरपालिका मात्रै नभई पर्वत जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

    विभिन्न हिमश्रृङखला, सूर्योदयको अवलोकनका लागि उपयुक्त स्थानका रुपमा मानिएको छ भने धार्मिक दृष्टिकोणले समेत यस क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिने गरिएको छ ।

    डहरे देउरालीमा हरिबोधनी एकादशी, हरिसयनी एकादशी, बालाचतुर्दशी, चैते दसैँ र महानवमीमा मेला लाग्दै आएको छ । गएका वर्षहरुमा स्याङजातर्फको बयले र पर्वत तर्फको कार्कीनेटाबाट घण्टौं समय हिँडेर पुग्नुपर्ने यो ठाउँमा यसवर्ष भने डहरे क्षेत्र नजिकैसम्म ग्रामिण सडकको पहुँच पुगेपछि यहाँ पुग्ने तिर्थालु तथा पर्यटकहरुको संख्या बढ्दै गएको मोक्षद्वारी बाल सिद्ध योग आश्रम सञ्चालक समिति डहरेका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले त्यो ठाउँ नेपाल सरकारले सार्वजनिक गरेको एक सय गन्तव्यमा पर्न नसकेको भन्दै गुनासो समेत गर्नुभयो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े धवलागिरीलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा, पर्वत र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीमा रहेको विश्व शान्ति स्तूपा, पोखराका केही भागको अवलोकन गर्न पाइन्छ ।

    हिँड्न सक्ने व्यक्तिका लागि पनि छुट्टै पदमार्गहरु बनेका छन । यहाँ पुग्न नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पर्वतको कार्कीनेटाबाट १ घण्टा पदयात्रा गर्दै यहाँ पुग्न सकिन्छ । यहाँ नपुग्दै बाघको पाइला भन्ने स्थानले पनि पर्यटकहरु लोभिने गरेका छन् । बाघको पाइला जस्तै ढुंगामा भएको आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

    बालाचतुर्दशीका दिन यहाँ स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको  अत्यधिक व्यापार हुने  गरेका छ । डहरे देउरालीको शिर र सँगै रहेको अर्को डाँडा (बीचमा लगभग ५०० मिटर दूरी रहेको)लाई जोड्ने गरी बालाचतुर्दशीका दिन तोरण टाँग्ने प्रचलन छ । तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

    फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटीका निर्माणसँगै डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ्ग उडान गर्ने गरी सम्भाव्यता अध्ययन समेत गरेको छ । बिहीबार कस्मिक प्याराग्लाइडिङ्ग पोखरा र नगर कार्यपालिकाको संयुक्त टोलीले प्याराग्लाइडिङ्गका लागि स्थान अवलोकन गरेको मंसिर महिनाभित्रै उडान भर्ने गरी अध्ययन भइरहेको प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
    parbatnepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.