• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट नक्कली लाइसेन्स बनाएर ठगी गरेको आरोापमा एक पक्राउ

  •      /२५ मंसिर २०७५, मंगलवार ०६:३७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा । नक्कली लाइसेन्स बनाउँदै ठगी गरेको आरोपमा एक जना पोखराबाट पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा पर्वतका सरोज चपाईं क्षेत्री सोमबार पोखराबाट पक्राउ परेका हुन् ।

    चपाईंले लाइसेन्स बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चपाईंलाई लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।

    चपाईंले नक्कली फेसबुकमार्फत कुराकानी गरेर विभिन्न व्यक्तिबाट रकम असुली गरेको प्रमाणसहित पीडितले प्रहरीमा जाहेरी दिएका थिए । चपाईंले लाइसेन्स भन्दै नक्कली लाइसेन्सको कागज व्यक्तिमार्फत र ट्याक्सीबाटसमेत पठाउने र आइएमईमार्फत पैसा मगाउने गरेको पीडितको गुनासो थियो ।

    चपाईंले म्याग्दीका म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठ लगायतबाट लाइसेन्स बनाइदिने भन्द्र नक्कली लाइसेन्स बनाएर ठगी गरेको आरोप छ । चपाईंको कोठाबाट अन्य २ जनाकोसमेत नक्कली लाइसेन्स फेला परेको थियो ।

    अहिले सरकारले लाइसेन्स दिन सकेको छैन । लिखित र ट्रायल पास भइसकेपछि बुझाएको राजस्वको रसिद नै अस्थायी लाइसेन्स भइरहेको छ । त्यस्तै प्रकारको कागज उपलब्ध गराउँदै चपाईंले ठगी गरेको आरोप छ ।

    चपाईंलाई मंगलबार मुद्धा चलाएर अनुसन्धान अघि बढाईदै छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.