• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको माछापुच्छ्रे भराभरिमा २५ मेगावाटकको सेति जलविधुत बन्ने

  •      /२६ मंसिर २०७५, बुधबार ०४:०७ ,  प्रकाशीत
  • शुभेच्छा न्युज संवाददाता
    कास्की जिल्लाको माछापुच्छ्रे गाउंपालिका वडानं २ भराभरि भन्ने ठाउंमा २५ मेगावाटको सेति नदि जल विधुत आयोजना वन्ने भएको छ ।करिव ५ अर्वको लगानीमा हजार भन्दा वढि लगानी कर्ताको सामुहिक लगानीमा शिक्षा स्वास्थ तथा उर्जा लगाएकतका क्षेत्रमा काम गरिरहेको भिजन लुम्विीनीको पहलमा उक्त आयोजना वन्न लागेको संस्थाका अध्यक्ष जगत पोख्रेलले जानकारी दिए ।

    आगामी तिन वर्षमा सम्पन्न गर्ने लक्ष राखिएको आयोजनामा अधिकतम सहभागिता गराइने पोख्रेलले वताए ।बुटवल र रुपन्देहीवासीकै नमुना प्रोजेक्ट मानिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता केहीदिन अगाडि सम्पन्न भएको छ।

    ‘जलश्रोतको अपार भण्डार, प्राकृतिक सम्पदाको मुहानसहित पर्यटकीय सौन्दर्यताले भरपूर नेपाल गरीब छैन,’ अध्यक्ष पोखरेलले अघि भने, ‘हामी धनी बनाएर सबैलाई आर्थिक समृद्धिसंग जोड्न चाहन्छौं ।’

    नमूना आयोजनाका रुपमा अघि बढाउंदै निश्चित समयभित्रै सम्पन्न गर्ने कार्ययोजना र अनावश्यक हुने खर्चको कटौती र नियन्त्रण गर्दै कमिशनलाई निरुत्साहित गर्ने पोखरेलले प्रतिबद्धता जनाए ।नेपालको पानी जनताको लगानी भन्ने अभिप्राय राखेर आयोजना तत्तकालै निर्माण आरम्भ गरिने छ । आयोजनाको मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता समेत भैसकेको छ ।

    नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार महाशाखामा भएको सम्झौता अनुसार आयोजनाबाट उत्पादित विद्युत् बर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदको ६ महिना मा प्रतियुनिट आठ रुपैया ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।

    गाउँपालिकाका अध्यक्ष र उक्त वडाका अध्यक्षको समेत उपस्थिति रहेको कुरा सचिवालयबाट जानकारी गराइएको थियो । आयोजनामा स्थानीयवासीलाईसमेत शेयर दिइने प्रवर्द्धक कम्पनीका प्राबिधिक इन्चार्ज रतनलाल अग्रवालले बताए ।

    आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपुँजीमा बुटवल, काठमाडौँ, चितवन र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने ऊर्जा कम्पनीले जनाएको छ ।

    यसअघि आषाढ महिनामा ग्रिड कनेक्सन सम्झौता र साउन १७ गते पोखराको माछापुच्छ्रे गाउँपालिकासंग आयोजनाको १४ बुँदे सहमति भैसकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.