• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिलान्यासको सवादुई बर्षपछि पुरन्चौरमा कृषि कलेज भवन निर्माणले गतिलिदै

  •      /२७ मंसिर २०७५, बिहीबार १४:५५ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पुरन्चौर । प्रधान मन्त्री केपी शर्मा ओलिले दुई बर्ष पहिले पोखरा महानगर पालिका वडा नं १९पुरन्चौरमा उद्धाटन गरेको कृषि तथा वन विज्ञान अध्ययन संस्थान अन्र्तगत प्राकृतिक श्रोत व्यवस्थापन कलेजकोे भवन निर्माण शुरु भएको छ।

    २०७३ वैशाखमा प्रधान मन्त्रि केपी शर्मा ओलिले कलेज भवनको शिल्यान्यास गरेका थिए । कृषि क्याम्पसको स्थापना गर्नको लागि स्थानिय वासिन्दाले महायज्ञ लगाएर ४ करोड २२ लाख नगद जम्मा गरेका थिए ।

    कुल ६५ रोपनी जग्गाको व्यवस्था स्थानिय वासिन्दाले गरेका थिए ।तर, लामो समय सम्म विविध कारणले निर्माण कार्य शुरु हुन सकेको थिएन । यस पटक भवन निर्माणको काम शुरु भएको स्थानिय मिनराज पौडेलले वताए ।

    सरकारले कलेजका लागि वजेटको व्यवस्था गरेको भएपनि निर्माण प्रक्रियाले गतिलिन नसक्दा सरकारले छुट्टाएको बजेट वर्षेनी फ्रीज हुदै गएको थियो। आर्थिक वर्ष ०७३।०७४ मा आएको वजेटमा काम हुन नसक्दा करिव ९ करोड ४० लाख वजेट फ्रीज भएको थियो ।

    आर्थिक वर्ष ०७४।०७५का लागि १३करोड ५०लाख वजेट व्यवस्था भएसंगै भौतिक निर्माणको लागि टेण्डर भइ निर्माणको काम शुरु भइसकेको छ । कलेजको भवन निर्माणका लागि ५ करोडको टेण्डर भएर निर्माणको कार्य दुर्तरुपमा अगाडि बढेको प्रोजेक्ट इन्चार्ज विदुर पौडेलले जानकारी दिए ।

    हाल कलेज स्थानिय भारति माध्यमिक विध्यालयको भवनमा सञ्चालन हुंदै आएको छ। कलेजको भवन निर्माण सम्पन्न भएपछि भवन नवनिर्मीत भवनमा सर्ने छ। आवासिय भवन अभाबमा यतिवेला कलेजमा अध्ययनरत बिद्यार्थीहरु गाउँमा होमस्टेको रुपमा वस्दै आएका छन। तर अब, तत्कालै बिद्यार्थी होस्टेलको पनि निर्माण शुरु हुने वताइएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविध्यालय अन्र्तगत कृषि विषयको अध्ययन अध्यापन हुने प्राकिृतिक श्रोत व्यवस्थापन कलेजको स्थापनाले कास्की पुरन्चौर गाउँमा आमुल परिवर्तन हुने अपेक्षा स्थानियको छ।

    कृषि कलेजको स्थापनाले स्थानिय वासिन्दामा नया नया प्रजातिको खेति प्रणालीका वारेमा ज्ञान आर्जन गर्न सहजहुने अपेक्षा गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.