• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले गर्यो १३ वर्षमै बच्चा जन्माएकी स्याङजाकी बालिकालाई सहयोग

  •      /२८ मंसिर २०७५, शुक्रबार ०५:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । १३ वर्षको उमेरमै बच्चा जन्माएकी बालिकालाई पोखरा महानगरले आर्थिक सहयोग गरेको छ । महानगरद्धारा संचालित उपप्रमुखसँग महिला कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरिएको हो ।

    धरानका १९ वर्षका युवाले बालिकालाई गर्भवति बनाएका थिए । बालिका गर्भवति भएको करिब ६ महिनापछि मात्रै जानकारी भएको उनकी आमाले बताइन् ।

    फेसबुककै चिनजान र भेटघाटका आधारमा माया प्रेम बसेको र दुईजनाबिच यौन सम्बन्ध भएर गर्भ रहेको उनकी आमाले जानकारी दिइन् ।

    बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको भए पनि बच्चामा सामान्य जन्डिस देखिएका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनसियूमा राखिएको छ । बच्चामा ठूलो समस्या छैन, तर सामान्य जन्डिस देखिएका कारण अस्पताल राखिएको हो । उनले नर्मल डेलीभरीमै बच्चा जन्माएकी हुन् । आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बालिकाले सोमबार बेलुका साढे तीन किलो तौल भएको छोरा जन्माएकी थिइन् ।

    उपप्रमुखसँग महिला कार्यक्रम संचालक समितिका संयोजक एंव पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको नौ सदस्यीय संचालक समितिका सदस्यहरुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सुत्केरी १३ वर्षकी बालिकालाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सानो र परिपक्व नहुँदै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने बताउँदै स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।

    नेपालको कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार भएको ठहर हुन्छ । ती बालिकालाई गर्भवति गराउने युवक अहिले स्याङ्जास्थित कारागारमा छन् । १३ वर्षिय बालिका र बच्चालाई स्वीकार गर्न तयार रहेको केटा पक्षका आफन्तले बताएको बालिकाका परिवारले बताएका छन् ।deshsanchar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.