कृष्ण अन्जान ज्ञवाली / सविन जिसि पोखरा । लामाचौर गोस्तेघाट हुँदै हेम्जाको तिब्बतीयन क्याम्प जोड्ने सडक निर्माण तोकिएको समयमा पुरा नहुदा सर्वसाधारणहरु १० किलोमिटरको अनावस्यक दुरी घुम्न बाध्य भएका छन्।
यो सडक निर्माण हुने हो भने हेम्जा लामाचौरको आवत जावतमा निकै सहज हुने देखिन्छ ।सँगै लामाचौर अर्मला लगायत सेतिवारिका वासिन्दा लाई पोखरा बाग्लुङ सडकको पहुँच पनि नजिक पर्न जान्छ ।
हेम्जाको तिब्बतीयन क्याम्पमा पुग्ने सडक सेतीको तिर गोस्तेघाट सम्म कालोपत्रे भएको छ ।त्यसैगरी सेतीमा मोटरेवल पक्की पुल समेत निर्माण भइसकेको छ। तर, हेम्जा खण्डमा भने सडक कच्ची गोरेटो मात्र छ ।
सडक निर्माणमा स्थानिय जग्गाधनीले अवरोध सिर्जना गरेकोले सडक निर्माण बिचैमा रोकिएको पोखरा महानगर पालिका वडा न २५ का वडाध्यक्ष शोभाखर तिमील्सिनाले बताए ।उनले भने सडक निर्माण हुँदै जग्गाधनिको विवादका कारण रोकिएको हो /अव जग्गाधनिको विरोध छैन सडक छिटै बन्छ ।
तर सडक निर्माणमा जनप्रतिनिधिले चासो नदिएकाले बन्न नसकेको जग्गा धनिको भनाइ छ । उक्त ठाउँका जग्गाधनि र वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका गँगा बहादुर थापाले जनप्रतिनिधिले पहल नगर्दा सडक निर्माण रोकिएको बताउँछन ।बजेट बिनाको सडक कसरी बन्छ जति बजेट थियो त्यसले गोस्ते घाट सम्म सडक बन्यो बजेट निकासा भएन कसैले पहल गरेन सडक निर्माण रोकियो थापाले भने ।
गँगा बहादुर थापाकै भनाइमा सडक निर्माणमा जग्गा धनिको विवाद छ भनेर तर्कन पाइँदैन जन प्रतिनिधिले बजेटको ब्यवस्था गर्नु पर्याे सडक वनाउने जिम्मा हामिले लिन्छौँ बजेटको व्यवस्था नगर्ने अनि स्थानिय ले रोको भन्ने थापाले आक्रोस पोखे ।
लामाचौर गोस्ते घाट हुँदै हेम्जा जोड्ने सडक निर्माणका विषयमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले आफ्नो तर्फबाट पहल भइ रहेको बताए ।उनले भने यश विषयमा तुरुन्तै वडा न २५ का वडाध्यक्ष , हेम्जावासी र जग्गाधनि सँग समन्वय गरेर कसरी रोकिएको सडक निर्माण अगाडि बढाउने यश विषयमा पहल गरिने बताए ।
जग्गाधनिले पनि सडक निर्माणमा अवरोध नगर्ने बताएको र स्थानिय निकापनि सकारात्मक हुँदै गर्दा यो सडक बन्नेमा यस क्षेत्रका वासिन्दा आशावादि देखिएका छन ।
यो सडकको पुर्णताले लामाचौर र हेम्जा लाई मात्र जोड्ने छैनकि यो सडक लामाचौर हुँदै पोखरा बाग्लुँग सडकमा हेम्जाको तिब्बतीयन क्याम्प मा जोडिने हुँदा लामाचौर अर्मला बाटुले चौर पुरन्चौर सार्दि खोलाका वासिन्दालाइ समेत राजमार्ग सम्म जान सजिलो हुनेछ भने गोस्तेघाटमा बन्दै गरेका कास्की जिल्लाको बैकल्पिक खेल मैदान सम्म राजमार्ग सम्म पहुच पुग्ने र आवत जावतमा सजिलो हुनेछ/
कृष्ण अन्जान ज्ञवाली / सविन जिसि
पोखरा । लामाचौर गोस्तेघाट हुँदै हेम्जाको तिब्बतीयन क्याम्प जोड्ने सडक निर्माण तोकिएको समयमा पुरा नहुदा सर्वसाधारणहरु १० किलोमिटरको अनावस्यक दुरी घुम्न बाध्य भएका छन्।

Related