• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल ६ महिनाअघि नै निर्माण हुन्छ : मन्त्री अधिकारी

  •      /२९ मंसिर २०७५, शनिबार ०५:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अघि निर्माण सम्पन्न हुने बताएका छन् ।

    जनकल्याण क्लवद्धारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेश्रो काहुँ धरहरा महोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भएको कारण सन २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

    विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएसंगै पर्यटनको विविधिकरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले संमाव्यता अध्ययन गरी आवश्यक भौतिक पूर्वाधार तयार गर्न व्यवसायिलाई आग्रह गरे ।

    ११ महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरि कूल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उनले मुलुकले सन २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाख भन्दा बढी पर्यटक भित्राउने आधार तयार भएको बताए ।

    मुलुकको आर्थिक विकास समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्रको रहेको बताउँदै उनले अवको पर्यटन कृषकले उत्पादन गरेको वस्तुको मूल्य र बजारीकरणसहित रोजगार सिजर्ना गर्ने खालको हुनु पर्नेमा जोड दिए ।

    वर्तमान सरकार आर्थिक विकास र समृद्धिका लागि कृयाशिल रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकार जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।

    मुलुकमा परिवर्तनको अनुभूति हुने गरि हरेको मान्छेले रोजगारी पाउने अवस्थाको सिर्जना गरेर समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनले बताए ।

    गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसंग जोडिने विश्वास व्यक्त गरे ।

    अर्का प्रदेश सभा सदस्य विन्दु थापाले होमस्टेको माध्येमबाट सहर केन्द्रीत पर्यटकलाई ग्रामीण क्षेत्रमा विस्तार गरि आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्ने बताए ।

    ‘काहुँ दृष्यावलोक एक गन्तव्य” भन्ने मूल नारा सहित आयोजित महोत्सव मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिका संयोजक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.