• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा म्याराथनको सहयोगार्थ यूकेमा आयोजित च्यारिटी मार्फत १५ लाख संकलन

  •      /२ पुष २०७५, सोमबार १२:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।भूतपूर्ब खेलाडी मंच नेपालको आयोजनामा पोखरामा हुने म्याराथनका लागि यूकेमा च्यारिटी डिनर कार्यक्रम मार्फत १५ लाख भन्दा वढी रकम संकलन भएको छ ।
    पोखरेली मंचले यूकेमा म्याराथन सफल बनाउन र खेलकुद मार्फत पोखरामा पर्यटन प्रवद्र्धन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो । पोखरेली मंच यूके म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर समेत रहेको छ ।

    फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन”का लागि बेलायत स्थित नेपाली संघ संस्था र शुभेच्छुकहरुले खुलेर सहयोग सहयोग गरेका छन्।
    भूपू खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बेलायतमा रहेका नेपालीहरुले पोखराको खेलकुद र सामाजिक बिकासका लागि देखाएको सहयोगको जती प्रंशसा गरे पनि कमनै हुने बताए। ।

    यूकेमा सम्पन्न च्यारिटी डिनरमा एनआरएनए युके र केन्द्रीय पदाधिकारी, तमुधिं युके, सहारा युके लगायत संघसंस्था र शुभेच्छुकहरुले सहयोग गरेका थिए ।

    डिनर च्यारिटीमा करिब ३ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । बेलायतवासी नेपालीले मातृभूमिका लागि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् ।

    एनआरएनए युके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजकत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणमा पनि बेलायतबाट ५० लाख रुपैयाँ पठाइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.