• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाका वडामै मेलमिलाप केन्द्र

  •      /२ पुष २०७५, सोमबार ०४:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई त्यही समाधान गर्ने गरी महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

    न्यायिक समितिले आइतबार वडा नम्बर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुआत गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्र उद्घाटन गरिन् । उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् ।

    ‘वडाभित्रका विवाद मिलाउने जिम्मा अब वडाभित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौं,’ उनले भनिन्, ‘विवाद समाधानमा सहज हुनेछ ।’ उनले स्थानीय तहमा हुने विवादलाई स्थानीय तहमै समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताइन् ।

    कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणि अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार लगायत न्यायिक समितिबारे जानकारी गराएका थिए ।

    पोखरा महानगरको न्यायिक समितिले ८८ जना मेलमिलाकर्ता छनोट गरेको छ । वडामा मेलमिलापक केन्द्र स्थापना गर्न ३ जना मेलमिलापकर्ता हुनुपर्ने व्यवस्था छ । वडा नम्बर ७ मा कल्पनाकुमारी भण्डारी, केशवराज बराल र लीलाबल्लौ न्यौपाने मेलमिलापकर्तामा सूचिकृत छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.