शुभेच्छा न्यूज संम्वाददाता
लेखनाथ। निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित ‘१५औं लेखनाथ महोत्सव’कोे तयारी पुरा भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजित महोत्सव पुस ५ देखि १६ गतेसम्म संचालन हुनेछ ।
विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा हुन लागेको प्रादेशिक लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगी उद्घाटनको संघारमा जुटेको अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवले गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउदै एउटै थोलोमा उत्पादकदेखि उपाभोक्तासम्मको जमघट गराउने र बस्तुको बजारीकरणमा सहयोग पु¥याउने अध्यक्ष भण्डारीले बताए ।
महोत्सवमा कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रदर्शनी, सूचना प्रविधी, फुड एण्ड बेभरेज, घरेलु हस्तकला, बैंक तथा वित्तीय संस्था लगायका करिव तीन सय ५० वटा स्टलहरु रहने महासचिव भरतकुमार अधिकारीले बताए । ‘हरेक दिन फरकफरक शैलीका मनोरञ्जतात्मक कार्यक्रमहरु समाबेस गरिएको छ,’ उनले भने, ‘हामीले यसलाई महोत्सवको पनि महोत्सवका रुपमा लिएका छौं ।’
महोत्सवको तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । करिव १५ देखि २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
महोत्वबाट करिव एक करोड २५ लाख रुपैयाँ आम्दानी हुने र खर्च कटाएर बाँकी हुन आउने रकमबाट महोत्सव स्थल परिसरमा बन्न लागेको कृषि उपज खरिद बिक्री केन्द्र निर्माण, प्रदर्शनी स्थलको स्तर उन्नति र अन्य सामाजिक क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष बलराम ढकालले जानकारी दिए ।

Related