पोखरा आइल्याण्ड मुक्त शहर बन्दै,महानगरले भत्कायो मुस्ताङचोकको आइल्याण्ड
/३ पुष २०७५, मंगलवार १३:०८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखरा महानगरपालिकाले पोखराका मुख्य मुख्य चोकहरुमा रहेका ठूला आइल्याण्डलाई हटाउने काम जारी राखेको छ । बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको हो ।
पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिमिको पहिल्यै हटाइएको हो भने पछिल्लो क्रममा वीरेन्द्रचोक, विरौटाचोक, हरिचोकको हटाइएको थियो । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत आज मुस्ताङचोकमा स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए।
नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको शालिकलाई सानो आइल्याण्ड बनाएर स्व गुरुङको शालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए ।

Related