• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा माहानगर १७ का सुकुम्वासीको प्रश्न हामिलाइ स्थायि लालपुर्जा कहिले ?

  •      /४ पुष २०७५, बुधबार १०:४६ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा / पोखरा १७ विरौटाका कृष्ण बहादुर लामाले स्थयी लालपुर्जा पाइन्छ भन्ने आशामा एउटै राजनैतिक पार्टीका नेतालाई भोट दिन थालेको धेरै भयो ।
    त्यहि ठाउँका सुकुम्वासिको भोटले जितेर साँसद मन्त्री धेरै पटक बनेकाहरु निर्वाचनका बेला वाहेक यो क्षेत्रमा कोहि फर्केर नआएको गुनासो छ लामाको ।

    पछिल्लो सँघिय निर्वाचन प्रदेश र स्थानिय निकाएको निर्वाचनमा पनि उनले मत हालेका जनप्रतिनिधि हरुले निर्बाचन जितेका छन तर जितपछि फर्केर कोहि त्यो टोलमा पुगेको छैन ।

    यो टोलमा सुकुम्वासीका ८४ घरमा हरु छन ।२०३३ साल देखि पर्वत धादिँग स्याँगजा कास्की बाग्लुँग गोरखा तनहुँ जिल्ला बाट यो ठाउँ मा उनिहरु आएर वसेको वर्षाै भइसक्यो तर समस्या जस्ताको तस्तै छ ।

    यो टोलमा करिव ३ सय भन्दा बढि भोट छ र सवैको सल्लाहले एउटै राजनितिक दललाइ जाने गरेको र उनिहरुले पटक पटक आशा गरेर भोट दिए ।निर्वाचनमा स्थायि लालपुर्जा दिने बाचा हुन्छ तर बाचा गर्ने हरु फर्केर आउँदैनन ८० बर्षे लामाले भने ।

    स्थानिय निकाएको निर्वाचनमा पनि सबै समस्या समाधान गर्छाै भने वाटो घाटो बनाउँछम फुस्रे खोलामा पुल हाल्छौ स्थायि लालपुर्जा दिन्छौ भने खोइ त उनिहरुले गरेको वाचा पूरा गरेको ?के हामी भोट बैँक मात्र हौँ स्थानिय टिकाराम स्रेष्ठले आक्रोस पोखे उनले भने पटक पटक मन्त्री साँसद यहि बाटो हिँडछन तर फर्केर हेर्दैनन टिकारामले भने ।

    सुकुम्बासी वस्तिमा मात्र बाचा गरियो तर विकास त डाँडातिर भा छ रे मन्त्री सँसदले ले उतै बिकास गरेका छन रे निर्मल पोखरी र भरतपोखरी तिर देखाउँदै टिकारामले भने ।स्थायी लालपुर्जाको आशा राखेका यहाँका वासिन्दाले राजनैतिक पार्टिका नेताले आफ्ना कुरा नसुनेको गुनासो पोख्छन ।

    स्थानिय लक्ष्मी सार्कीले आँखा भरि आँसु टिलपिल पार्दै भनिन हामी जिऊँदो छदै छोरा छारी लाई स्थायि लालपुर्जा दिलाउन पाए हुन्थ्यो हाम्ले भनेको कसैले सुनेन राजा यतै भरतपोखरी तिर आछन रे भेटेर बिन्ति विसाउनु पर्याे ।

    यो निर्वाचन क्षेत्र माननीय सँस्कृति पर्यटन र नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र प्रदेश साँसद कृष्ण थापाको निर्वाचन क्षेत्र र यो वडा मा नेकपाका वडाध्यक्ष जितेको क्षेत्र हो र बेलैमा यहाँका जनता सग गरेका वाचा पूरा गर्ने तर्फ ध्यान जाओस ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.