शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ८१ जना पकेटमार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले सयौं यात्रुलाई ठगेको पाइएको र अझै केही स्थानमा पकेटमारहरु सक्रिय रहेको सूचना पाएको परिसर काठमाडौंका एससपी वसन्त लामाले बताए । काठमाडौंमा पाकेट मार्ने क्षेत्र पहिचान गरी ती क्षेत्रलाई निगरानीमा राखिएको एसएसपी लामाको भनाइ छ ।
प्रहरीका अनुसार काठमाडौंका गोंगबु, बालाजु, महाराजगन्ज, धापासी, भद्रकाली चोक, बौद्ध, कपन, जोरपाटी, बानेश्वरलगायतका क्षेत्रमा पकेटमार समूह नै बनाएर सक्रिय हुँदै आएका छन् । पक्राउ पर्नेमा ३ जना युवतीसमेत छन् । परिसरका एसएसपी लामाले भने, ‘‘अहिले नाइके पकेटमार पनि पक्राउ परेका छन् । सार्वजनिक यातायातमा यात्रुले चढ्दा कोड भाषा कसैले प्रयोग गरेको छ भने सतर्क रहनुहोला ।’’
लामाले भने, ‘‘पकेटमारहरु २–२ जनाका दरले ६ जनासम्मको ग्रुप बनाई बसभित्र पस्ने, त्यसपछि घेराबन्दीमा पार्ने र मौका छोपेर चोरी गर्ने गरेको पाइएको छ ।’’

Related