• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सडक महोत्सवको निम्तो बाँड्दै रेवान टोली फर्कियो पोखरा

  •      /५ पुष २०७५, बिहीबार १३:२८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली देशका विभिन्न जिल्लाहरुमा पुगेर फर्किएकोछ। तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासि, पाल्पा, वालिङ लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा सरोकारवाला व्यवसायिहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो ।

    ‘प्रचार–प्रसार र प्रवद्र्धनको दृष्टिकोणले भ्रमण सफल रहयो’–रेवान पोखराका महासचिव गणेश थापाले बताए । विभिन्न जिल्लाहरुमा सडक महोत्सवको बारेमा जानकारी दिंदा सरोकारवालाहरुले निकै चासो प्रकट गरेका थापाले बताए । सडक महोत्सवक नेपालकै पृथक महोत्सव भएकाले पनि महोत्सव अवलोकनका लागि आउने विभिन्न जिल्लावासिहरुले प्रतिवद्धता समेत जाहेर गरेको उनले जनाए ।

    फरक फरक जिल्लामा आयोजित कार्यक्रमहरुमा प्रवद्र्धनात्मक भ्रमण टोलीका संयोजक सूर्यबहादुर भुजेलले महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रमबारे जानकारी गराएका थिए ।

    पोखराको पर्यटकिय गतिविधी चलायमान बनाउन, धेरै भन्दा धेरै स्वदेशि तथा विदेशी पाहुना पोखरा भित्र्याउन तथा समग्र पोखराको पर्यटन विकासका लागि २० वर्षदेखि सडक महोत्सव आयोजना गरिदै आएको फरक फरक ठाउँमा आयोजित कार्यक्रमहरुमा भुजेलले बताएका थिए ।

    ‘सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने पनि जानकारी गराइएको थियो ।

    प्रवद्र्धनात्मक भ्रमण टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान क्षेत्रिय संघ पोखराका उपाध्क्ष सुसिलराज पौडेल, नाट्टा पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराका पूर्वाध्यक्ष ओम पाण्डे, रेवान पोखराका सदस्य बसन्त गौतम, दिल श्रेष्ठ, पूर्व सचिव श्रीराम गिरी लगायतको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.