• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काठमाण्डौंमा तीन बर्ष भित्र मोनोरेल सञ्चालनमा आउने,महानगरले गर्यो चिनियाँ कम्पनीसँग डीपीआर सम्झौता

  •      /५ पुष २०७५, बिहीबार ०४:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं : काठमाडौं उपत्यकाको चक्रपथमा मोनोरेल चलाउन चिनियाँ कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने सम्झौता भएको छ। काठमाडौं महानागरपालिकाले एक वर्षभित्र डीपीआर तयार गर्ने गरी चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीसँग बुधबार सम्झौता गरेको छ।

    महानगरका मेयर विद्यासुन्दर शाक्य र रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यु ग्वाङ विङबीच डीपीआर निर्माणको सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार चिनियाँ कम्पनीले आफ्नै लागतमा डीपीआर तयार पार्ने र महानगरपालिकालाई बुझाउनेछ।

    मोनोरेल बनाउने जिम्मा पाउने कम्पनीले नै डीपीआरको लागत व्यवहोर्नुपर्ने शर्त राखिएको छ। डीपीआर तयार भएपछि यही कम्पनीबाहेक अन्यले जिम्मा पाएको अवस्थामा डीपीआर बनाउँदाको लागत व्यवहोर्नुपर्ने उल्लेख छ। डीपीआर निर्माणको चाइनिज कम्पनीले १५ दिनभित्र महानगरलाई अनुमानित लागतको विवरण उपलब्ध गराउनेछ।

    डीपीआरमा मोनोरेल निर्माण हुने उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने, रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, योजना सञ्चालनका चरणसहितको विश्लेषण हुने उल्लेख छ।

    चक्रपथभित्र मोनोरेल सञ्चालन गर्न चाइनिज कम्पनीले नै जेठ १० गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने सम्झौता महानगरसँग गरेको थियो। सम्झौता अवधि सकिनुभन्दा तीन महिना अगाडि नै प्रतिवेदन अध्ययन गरेरै डीपीआर निर्माणको थप जिम्मेवारी दिएको पनि शाक्यले बताए।प्रारम्भिक प्रतिवेदनअनुसार चक्रपथमा मोनोरेल बनाउन करिब एक खर्ब १६ अर्ब रुपैयाँ खर्च हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.