पोखरा महानगर भित्रै तुइनको जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् स्थानिय
/५ पुष २०७५, बिहीबार १५:४८ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । प्रधानमन्त्री केपी ओलीले नेपालका तुइन हटाउने उदघोष गरेको धेरै भो। ,कति हटे कति हटेनन त्यो लेखाजोखोको बिषय होला। तर, गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका भित्रै स्थानियहरु तुइन चढेर खोला वार पार गर्ने गरेका छन ।
कास्कीको निर्मल पोखरीको खस्र्याङ गाउँका करिब २५ घरका स्थानियले फुस्रे खोला वारपार गर्नका लागि नियमित तुइन चढ्दै आएका छन्। हिँउदमा त खोलो तर्न सकिन्छ तर वर्षा लागे पछि तुइनको सहारा लिन बाध्य छन त्यो क्षेत्रका वासिन्दा हरु । वारी पोखरा १७ को विरौटा सुकुम्बासी वस्ती र पारि वडा नम्वर २१ को खस्र्याङ गाउँ दुवै तिरका वासिन्दा आवत जावत गर्ने एउटा तुइन छ ।
वारीका घाँस दाउरा गर्ने र पारिका पोखरा बजारमा नुन तेल तथा दैनिक कामकाजका लागि त्यही एउटा तुइन उनीहरुले प्रयोग गर्दे आएका छन् ।त्यहा करिव १२ बर्ष अगाडि यो तुइन बनेको हो ।खोला पारी निर्माण गरिएको बँगुर फर्मका मालिकले त्यहि फर्ममा आउन जान तुइन बनाएको बताउँछन स्थानिया टिकाराम श्रेष्ठ ।
उनको ब्यक्तीगत लगानीको तुइन हो इच्छा लागे वारिपारी आउन दिन्छन। इच्छा नलागे तुइन चढ्न दिदैन्। जसको कारण आवतजावत गर्न अफ्ट्यारो भएको टिकारामको भनाइ छ ।यो क्षेत्रमा नजिकै न पक्कि पुल छ न झोलुंगे पुल । धेरै पटक सर्वे भयो तर, पुल बनेन, स्थानिय कृष्ण बहादुर लामाले भने ।
पुल नभएकै कारण वर्षामा खोला तर्दा फुस्रे खोलाले बगाएर ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ ।त्यस क्षेत्रका वासिन्दा हरुका लागि पुल अती आवस्यक पुर्वाधार बनेको छ पुल नहुँदा सधै जोखिमको यात्रा भएको स्थानियको भनाइ छ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । प्रधानमन्त्री केपी ओलीले नेपालका तुइन हटाउने उदघोष गरेको धेरै भो। ,कति हटे कति हटेनन त्यो लेखाजोखोको बिषय होला। तर, गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका भित्रै स्थानियहरु तुइन चढेर खोला वार पार गर्ने गरेका छन ।

Related