• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेनीमा भएको आगलागीबाट १३ लाखको क्षति

  •      /६ पुष २०७५, शुक्रबार ११:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    म्याग्दी। म्याग्दी सदरमुकाम बेनीको न्युरोडमा रहेको एक घरमा आगलागी हुँदा झण्डै १३ लाख बराबरको क्षति भएको छ।

    विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा १२ लाख ८५ हजार बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

    ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद दुई लाख ७० हजारसहित महत्वपूर्ण सामानहरू जलेको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घरमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए।

    आगलागीमा तीन थान मोबाइलसहित गरगहनासमेत जलेका छन्।  स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटपछि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.