• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

होटल ब्याबसायीलाई कास्की प्रहरी प्रमुख रानाको सुझाव,परिचय खुल्ने गरी रेकर्ड राख

  •      /६ पुष २०७५, शुक्रबार १२:४२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / पृथ्वी होटल व्यवसायी समितिले जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरामा आयोजना गरेको अन्र्तक्रियामा विभिन्न बहानामा प्रहरीले आफूहरुलाई दुःख दिएको गुनासो गरेका हुन् ।

    उनीहरुले व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन हरदम तयार भएपनि प्रहरीले कहिले ढिलो सम्म खोलेको,यौन कृयाकलापलाई प्रश्रय दिएको भन्दै दुःख दिने गरेको गुनासो गरे ।

    कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समिति पोखराका संस्थापक अध्यक्ष रिजन शेरचनले प्रहरीले साँझ ८÷९ बजे नै आएर किन ढिलासम्म होटल खोलेको भन्दै होटल बन्द गर्न लगाउने गरेको गुनासो गरे ।

    समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले होटलका नियमहरु बनाएर दिए लागू गर्न आफूहरु तयार रहेको बताउँदै तर अनावश्यक रुपमा दुःख नदिन आग्रह गरे । उनले मापदण्ड तोड्ने होटल व्यवसायीलाई कार्वाही गर्न आफूहरु तयार रहेकोसमेत जानकारी गराए ।

    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले होटल व्यवसायीलाई दुःख दिने आफूहरुको नियत नभएको स्पष्ट पारे । उनले विकृति विसंगति सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउँदै त्यसका लागि कहिलेकाहिं होटलमा छापा मार्नुपरेको स्पष्टीकरण दिए । उनले कसैले डर, धम्की वा त्रास देखाएमा जानकारी गराउन आग्रह गर्दै त्यस्तो पाइए जो कोहि भएपनि कार्वाही गर्ने प्रतिबद्धता जनाए ।

    एसपी रानाले होटलमा बास बस्नेको पूर्ण परिचय राख्न आग्रह गर्दै परिचय पत्र नै राख्नेबारेमा पनि छलफल गरेर लागू गर्न सकिने बताए । उनले मदिरा ९ बजेसम्म बेच्ने शर्तमा खाना खानका लागि मात्र राती १२ ,१ बजेसम्म सञ्चालन गर्नका लागि दिन सकिने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.