पोखरामा पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीच भेटवार्ता
/६ पुष २०७५, शुक्रबार १०:३० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा /पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच शुक्रबार भेटवार्ता भएको छ ।१५ दिने भ्रमणका क्रममा पोखरा बसेका पूर्वराजा शाहलाई पार्टी कार्यक्रमको सिलसिलामा पोखरा आएका थापाले शुक्रबार विहान भेटवार्ता गरेका हुन् ।
पूर्वराजालाई भेट्न पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुगेको कमल थापाले बताएका छन् । उनीहरुबीच विहान ९ बजेदेखि १० बजेसम्म कुराकानी भएको थियो ।
पोखरा १७ दोबिल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्र र थापाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको थियो। छलफलमा राजसंस्थाको पुनस्र्थापना, हिन्दु राज्य, दलहरूभित्र रहेको तीव्र विवादका विषयमा कुराकानी भएको हो।
राप्रपाले हिन्दु राज्य स्थापनालाई प्रमुख एजेन्डा बनाएर देशभर अभियान सञ्चालन गर्न लागेको र कांग्रेसमा पनि हिन्दुत्वको एजेन्डा उठिरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष थापाबीचको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
हिन्दु राज्यको एजेन्डा उचालेर राजसंस्था पुनस्र्थापना गर्ने रणनीतिअनुसार पूर्वराजा शाहले पछिल्लो समयमा राजनीतिक भेटवार्ता र सक्रियता बढाएका छन् ।
भोटपछि अध्यक्ष थापाले मुलुकको बिग्रँदो अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रर चिन्तित रहेको बताएका छन्। ज्ञानेन्द्रसँगको भेटपछि राप्रपा अध्यक्ष थापाले ट्विट गरेका छन्, ‘पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा /पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच शुक्रबार भेटवार्ता भएको छ ।१५ दिने भ्रमणका क्रममा पोखरा बसेका पूर्वराजा शाहलाई पार्टी कार्यक्रमको सिलसिलामा पोखरा आएका थापाले शुक्रबार विहान भेटवार्ता गरेका हुन् ।

Related