शुभेच्छा न्यूज संम्वाददाता पोखरा / पर्वतमा सरकारी छाप कीर्ते गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय पर्वतको टोलिले गोप्य सूचनाका आधारमा कीर्ते छाप बनाएर अबैध धन्दा गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो ।
कम्प्युटर इन्स्टिच्युटहरुबाट कीर्ते छाप बनाएर लिखत सम्बन्धी कसुरजन्य अपराध गरेको सूचना पाएपछि खानतलासी गर्ने क्रममा कुश्मा ५ लोकतान्त्रीक चोकमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसबाट कीर्ते गर्न प्रयोग भएका छापहरु सहित पसल सञ्चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३९ बर्षिय राजु पौडेल छन् । उनलाई लिखत सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पर्वतमा सरकारी छाप कीर्ते गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय पर्वतको टोलिले गोप्य सूचनाका आधारमा कीर्ते छाप बनाएर अबैध धन्दा गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो ।

Related