दाङमा भएको स्कूल बस दुर्घटनाका २२ मृतक मध्ये ५ काे सनाखत
/७ पुष २०७५, शनिबार ०३:५१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
दाङ – शैक्षिक भ्रमणबाट फर्कने क्रममा शुक्रबार साँझ बस दुर्घटनामा ज्यान गुमाउने २२ मध्ये ५ जनाको पहिचान खुलेको छ ।
जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमकाे भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।
दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका-१ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका-१४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ ।
अन्यको केही बेरपछिबाट सनाखत गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रुर हेको प्रहरीले जनाएको छ ।

Related