किरण गुरुङको उद्घोष : वामदेवले छाडे पनि हामी केपी ओलीकै साथमा छौं
/७ पुष २०७५, शनिबार १०:०९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य किरण गुरुङले सचिवालय सदस्य बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिए पनि आफूहरु ओलीकै साथमा रहने सार्वजनिक घोषणा गर्नुभएको छ ।
स्थायी कमिटीको जारी बैठकमा गौतम अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध निर्मम ढंगबाट प्रस्तुत भएपछि नेता गुरुङले बामदेवको साथमा आफूहरु नरहेको र अध्यक्ष ओलीकै साथमा रहने घोषणा गर्नुभएको हो ।
काठमाडौं ७ का सांसद रामबीर मानन्धरलाई राजीनामा गराएर आफू सांसद बन्ने गौतमको चाहनामा अध्यक्ष ओली सकारात्मक नभएपछि उहाँ बिपरित कित्तामा उभिनु भएको छ । यद्यपी गौतम स्वयंले अध्यक्षलाई साथ नदिने घोषणा भने गर्नुभएको छैन । तथापी उहाँको बिचार र ब्यवहार अध्यक्षबिरुद्ध मात्रै केन्द्रित रहेको छ ।
पछिल्लो सयम गौतम अध्यक्ष ओलीबिरुद्ध खनिएको बेला उनकै अत्यन्त निकट सहयोगी भनिने नेता किरण गुरुङले बामदेवकै साथमा आफू नरहेको र अध्यक्ष ओलीलाई सघाउने प्रष्ट पार्नुभएको छ ।
केपी ओलीलाई साथ दिने बेला पनि उहाँसँग सल्लाह गरेर साथ दिएको होइन । वामदेव कमरेडले केपी कमरेडसँग फरक ढंगले डिल गर्नुभयो । हामीहरुले पनि रविन्द्र अधिकारी लगायत) फरक ढंगले केपी कमरेडलाई सघायौं ।
वामदेव त कहिले केपीलाई समर्थन गर्छु भन्ने, पछि होइन भन्ने उहाँको त ठेगान नै थिएन । त्योबेला हामीले अब वामदेव कमरेड कता लाग्नुहुन्छ थाहा छैन, तर हामी केपी कमरेडलाई सहयोग गर्छौं भनेर लागेका हौं ।
‘मचाहिँ अहिले केपी कमरेडलाई सहयोग गर्ने पक्षमा हो । मलाई वामदेवनिकट भन्नु नै जरुरी छैन । मैले प्रष्ट रुपमा मलाई केही पनि चाहिँदैन भनेर सहयोग गरेको हो । मैले कुनै शर्त राखेर बार्गेनिङ गरेर केपी कमरेडलाई सहयोग गरेको होइन । मैले हिजो झलनाथ खनाललाई अध्यक्ष बनाउन सहयोग गरेँ ।
त्यस्तै माधव नेपाललाई पनि सहयोग गरेँ । पार्टी विभाजनको बेला वामदेव गौतमलाई सहयोग गरेँ । अहिले केपी ओलीलाई सहयोग गरेको छु । मैले सबै नेताहरुलाई पालो पुर्याजएर सहयोग गरेको छु र मैले सहयोग गरेपछि जित्नु पनि भएको छ,’ अनलाइन खवरसँगको लामो अन्तरवार्तामा नेता गुरुङले भन्नुभएको छ ।
उहाँले बामदेव गौतम जता लागे पनि आफूहरु चाँहि ओलीकै साथमा रहने घोषणा पनि गर्नुभएको छ । ‘मैले प्रष्ट भनिसकेँ । वामदेव कमरेडले यहाँ जानुपर्छ भनेर गएको पनि होइन । हिजो पनि हामीलाई उहाँले म जता जान्छु त्यतै लाग्नुपर्छ भन्नुभएको होइन । आफूलाई जे ठीक लाग्छ त्यो गर्ने हो ।
अहिले हामीलाई केपी ओलीको साथ छाड्नुपर्ने अवस्था छैन । उहाँको कुरा उहाँले जान्ने हो, तर उहाँले भन्दैमा हामीले छाड्दैनौं, गुरुङले भन्नुभयो । गुरुङले बामदेवलाई सोधेर अध्यक्ष ओलीको पक्षमा अफूहरु नलागेको र अव पनि गौतमको भनाइमा नलाग्ने प्रष्ट पार्नुभयो ।
‘अहिले बामदेव गौतमले जुन फरक मत ल्याउनुभयो, यसमा तपाईको सहमति छैन त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘होइन, त्यो त सहमतिको कुरै रहेन । पार्टी विभाजनका बेला वामदेवलाई साथ दिए पनि त्यसपछि कतिपय बेलामा उहाँ र हाम्रो फरक(फरक लाइन रहने गरेको छ ।
पार्टी एकीकरणपछि जनकपुर महाधिवेशनमा उहाँ केपी कमरेडतिर लाग्नुभयो, हामीले माधवलाई साथ दियौं । बीचमा उहाँ र हामी झलनाथलाई बनाउन एक ठाउँमा भयौं ।
अहिले केपी ओलीलाई साथ दिने बेला पनि उहाँसँग सल्लाह गरेर साथ दिएको होइन । वामदेव कमरेडले केपी कमरेडसँग फरक ढंगले डिल गर्नुभयो । हामीहरुले पनि रविन्द्र अधिकारी लगायत) फरक ढंगले केपी कमरेडलाई सघायौं । वामदेव त कहिले केपीलाई समर्थन गर्छु भन्ने, पछि होइन भन्ने उहाँको त ठेगान नै थिएन ।
त्योबेला हामीले अब वामदेव कमरेड कता लाग्नुहुन्छ थाहा छैन, तर हामी केपी कमरेडलाई सहयोग गर्छौं भनेर लागेका हौं । त्योबेला पनि हामीले वामदेवले सहयोग नगरे पनि हामीचाहिँ तपाईलाई सहयोग गर्छौं भनेर उहाँ (ओली) लाई प्रष्ट ढंगले भनेको हो।
मैले प्रष्ट भनिसकेँ । वामदेव कमरेडले यहाँ जानुपर्छ भनेर गएको पनि होइन । हिजो पनि हामीलाई उहाँले म जता जान्छु त्यतै लाग्नुपर्छ भन्नुभएको होइन । आफूलाई जे ठीक लाग्छ त्यो गर्ने हो । अहिले हामीलाई केपी ओलीको साथ छाड्नुपर्ने अवस्था छैन । उहाँको कुरा उहाँले जान्ने हो, तर उहाँले भन्दैमा हामीले छाड्दैनौं
उहाँले बामदेव गौतमले स्थायी समितिमा राखेको फरक मत उहाँको ब्यक्तिगत भएको पनि प्रष्ट पार्नुभएको छ । ‘पहिलो कुरा त त्यो उहाँको व्यक्तिगत मत हो । मेरो आफ्नो व्यक्तिगत मत मैले बैठकमा राखेको छु । उहाँले त्यसलाई फरक मत पनि भन्नुभएको छैन । उहाँलाई लागेका कुरा, चित्त नबुझेका कुरा लिखितरुपमा बैठकमा राख्नुभएको हो ।
तर, बाहिर आउँदा ठूलै हल्ला भयो । वास्तवमा वामदेव कामरेडको बारेमा मिडिया र सोसल मिडियामा साह्रै नकारात्मक छवि छ । उहाँलाई अलग्गै चित्रण गरियो । अलग्गै दस्तावेज ल्याउने, पार्टी नै विभाजन गर्ने जस्ता आरोप उहाँमाथि लागे ।
jantatime
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य किरण गुरुङले सचिवालय सदस्य बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिए पनि आफूहरु ओलीकै साथमा रहने सार्वजनिक घोषणा गर्नुभएको छ ।

Related