पोखरा क्षेत्रका सर्जकका सिर्जना समेट्दै शुक्लाको सेतीको लहर
/८ पुष २०७५, आईतवार १०:०० , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पोखरा /पोखरा शुक्ला साहित्य प्रतिष्ठान बाटुले चौरले आफ्नो ११ औँ अधिवेशन तथा ३१ औँ साधारण सभाको अवसरमा स्मारिका प्रकाशन गरेको छ। यस अधिपनि ६ अंक प्रकाशन गरेको प्रतिष्ठानले यस पटक सातौं सेतीको लहर नामक अंक प्रकाशनमा ल्याएको हो ।
आफ्नो तीन दशकको साहित्यिक यात्रामा यो सातौ प्रकाशनको रुपमा आएको साहित्यिक सँगालो शुक्ला साहित्य प्रतिष्ठानको मुखपत्र हो । यधपी प्रतिष्ठानले वार्षिक रुपमा आफ्नो मुख पत्र सेतीको लहर प्रकाशन गर्नु पर्दथ्यो तर विविध कारणले प्रकाशन गर्न नसकेपनि पछिल्लो प्रकाशन सँगै नियमितता प्रदान गर्ने प्रतिष्ठानका नव निर्र्वािचत अध्यक्ष सुमन राज पौडेलले प्रतिबद्धता जनाए ।
पुस्तकमा आवरण सहित ६५ पेजमा प्रकाशित सेतीको लहरमा पोखरा र आसपासका सर्जकहरुका सिर्जना समेटिएका छन ।गित गजल कथा कविता स्मरण विश्लेषण समालोचना लगाएत करिव चारदर्जन रचना समेटिएको सेतीको लहरले बाटुले चौर र लामाचौर क्षेत्रको साहित्यिक प्रतिनिधित्व गर्ने प्रयास गरेको छ ।
यश क्षेत्रका अग्रज र चिरस्मरणिय स्रष्टा स्व धर्मराज थापा को कविता मँगलगा,स्व कुल बहादुर केसीको कबिता मेरो माटो स्व यमनाथ देवकोटाको कविता पोखरा ,स्व चेतबहादुर बरुवालको कबिता फुलबारी लाई सेतीको लहरमा प्रकाशन गरेर ती स्रष्टालाई मृत्यु परन्त पनि जिवन्त राख्ने प्रयास शुक्ला साहित्य प्रतिष्ठानले गरेको छ ।
बरिस्ठ साहित्यकारहरु हरिलाल तिम्सिना ,तेजनाथ घिमिरे राम बहादुर वानिया ,नरहरी भट्टराइ ,पुष्पा केसी,शालिग्राम आचार्य ,गेहेन्द्र मान उदास,झँकनाथ देवकोटा , रविन्द्र माकाजु कृष्ण अन्जानका सिर्जना हरु सेतीको लहरमा समेटिएका छन । राम बहादुर बानियाँ प्रधान सम्पादक रहेको साहित्य सँगालोको सम्पादक मण्डल मा तारा प्रसाद तिमिल्सिना र सुन्दर मानन्धर सम्पादक रहेका छन ।
साहित्य समाजको झलक हो र त्यहि झलक समाजको समुन्नतिका लागि हुनु पर्छ भन्ने मान्यता र साहित्य माटोको सुवास आलोक र अभिब्यक्तिको रुपमा सेतीको लहरमा सिँगो वाटुले चौर र लामाचौरको माटो बोलेको अभास पाइन्छ ।
अवस्य पनि सेतीको लहरले दिएको अभिव्यक्तिले साहित्यको विकास चेतनास्तरको विकास भएको ठहर गरेको छ ।

Related