बाटुलेचौरमा गन्धर्व संग्राहलय भवनको संस्कृति तथा पर्यटन मन्त्रीद्धारा उद्घाटन
तपाईको प्रतिक्रिया





शिशिर उजाड
पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिएका छन।
पोखरा–१६, बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्राहलयको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरु नेपाली कला र संस्कृतिको धरोहर भएको बताए।
उहाँले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन भएको जानकारी दिदैं महेन्द्र गुफा र चमेरे गुफाको वृहत्तर विकासका लागि पनि आफू तयार रहेको बताए। गण्डकी प्रदेशका सांसद कृष्ण थापाले यस क्षेत्र पर्यटकीय रुपमा मात्र नभई कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गरे।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व.झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन गन्धवर्को कला र संस्कृतिलाई पनि प्राथमिकता दिनु पर्ने बताए।
२०७१ सालमा निर्माण शुरु गरिएको संग्राहलय भवन १७ लाख रुपैयाँको लागतमा गत असार मसान्तमा निर्माण कार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिए। संग्राहलयको शुरुवातसँग सगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।
संग्राहलयमा गन्धर्वहरुका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजाहरु र गन्धर्वसँग सम्बन्धित पुस्तकहरु राखिएका छन् ।
Related