• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

इन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या २ सय २२ पुग्यो

  •      /८ पुष २०७५, आईतवार १५:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    इन्डोनेसिया – इन्डोनेसियामा शनिबार रातिको ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ।

    इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी ८५३ जना घाइते भएका र २८ जना वेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो।

    नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन्। ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो। ‘दृश्यहरु आशु झर्ने खालका थिए,’ स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने।

    इन्डोनेसियाको जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्‍याएको छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङमा मानवीय र भौतिक क्षति पुगेको छ। ज्वालामुखी विष्फोटका कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन्।

    इन्डोनेसियाका राष्ट्रपति जोको विडोडाले घटनाबारे दु:ख व्यक्त गर्दै उद्धारमा कुनै कमी हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.