• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुदूरपश्चिम सरकारले दियो ‘नेपाल आइडल’ रवि वडलाई सम्मान

  •      /९ पुष २०७५, सोमबार १३:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    धनगढी :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई स्वागत तथा सम्मान गरेका छन् ।

    प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो । स्वागत सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले अवसर पाएमा पछाडि पारिएको व्यक्तिले गर्न सक्छ भन्ने पुष्टि गरेको बताए ।

    मुख्यमन्त्री भट्टले रविले नेपाल आइडल मार्फत आफ्नो भुगोललाई चिनाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रको कला, संस्कृतिको संरक्षण र कलाको उत्थानका लागि प्रदेश सरकार तयार रहेको बताए ।

    ‘प्रतियोगिता आयोजना गर्ने संस्थालाई धन्यवाद छ’, उनले भने, ‘ग्रामिण बस्तीको कलाहरुलाई अगाडि ल्याएको छ ।’ उनले कला संस्कति उजागर गर्न प्रदेश सरकार गम्भीर भएको धारणा व्यक्त गरे ।

    कार्यक्रममा विजेता रविले नेपाल आइडल मार्फत सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी लागेको बताए । सुदूरपश्चिमको माया सद्भाव ले गर्दा आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे ।

    ‘सबैको साथ सहयोगले नेपाल आइडल विजेता बन्न सफल भएको छु’ उनले भने, ‘तर संगीतको पहिलो खुट्किलो मात्र पार गरेकोले अझै पनि मैले धेरै संघर्ष गर्नुपर्ने छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.