मालिका गाउँपालिकाले थाल्यो,२० दिने ब्याक्तित्व विकास तालिम
/१० पुष २०७५, मंगलवार ०६:०१ , प्रकाशीत
सन्तोष महतारा गुल्मी ।मालिका गाउँपालिकामा २० दिने ब्याक्तित्व विकास तालिम सुरु भएकोे छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालयको सहजिकरणमा तालिम सुरु भएको मालिका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्र भित्रका १० माध्यमिक विद्यालयमा २ र २ दिन गरी २० दिन सम्म तालिम संचालन गर्ने तालिमका प्रमुुख प्रशिक्षक पत्रकार मनोज कार्कीले बताए।तालिम मंगलबार आज देखि सुरु भएकोे छ । तालिममा विद्यालयका कक्षा ९ देखि १२ कक्षा सम्मका करिब एक हजार विद्यार्थी सहभागी गराइने गाउँपालिका उपप्रमुख देवा रिजालले बताए।
पहिलो दिन वडा नम्वर ५को छापहिले माविमा तालिम संचालन गरिएको सोहि वडाका वडाध्यक्ष श्यामलाल गिरीले बताए।दुई दिनको तालिम समापन पछि अर्काे विद्यालयमा बिहिबार र शुक्रबार तालिम सञ्चालन गरिने प्रशिक्षक कार्कीले जानकारी दिए। तालिममा विद्यार्थीहरुलाई व्याक्तित्व विकास सम्बन्धि,रेडियो उद्घघोषण, स्टेज उद्घघोषण, माइक्रोफोनको प्रयोग लगायत बिषयमा प्रशिक्षण दिइने उनले बताए।
विद्यालयका विद्यार्थीहरुमा आत्मविश्वास कम देखिएको भन्दै ब्याक्तित्व विकासको लागि तालिम आयोजनाको आयोजना गरिएको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए। तालिम आजदेखि अबको २० दिन सम्म लगातार संचालन हुने छ ।
सन्तोष महतारा
गुल्मी । मालिका गाउँपालिकामा २० दिने ब्याक्तित्व विकास तालिम सुरु भएकोे छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालयको सहजिकरणमा तालिम सुरु भएको मालिका गाउँपालिकाले जनाएको छ ।

Related