• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यातायात कार्यलय कास्की अस्तब्यस्त, सेवाग्राही मर्कामा

  •      /१० पुष २०७५, मंगलवार १३:०७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । यातायात ब्यवस्था कार्यालय सावारी चालक अनुपमतिपत्र कार्यलय कास्कीमा आएका सेवाग्राही मँगलवार दिनभर बिना काम कार्यलय परिसरमा तड्पिन बाध्य भए ।

    कार्यालय खुल्ने वित्तिकै सेवाग्राहीको एक हुल ट्रायलका लागि नाम प्रकासित नगरेको भन्दै यातायात कार्यालय वरिपरि घुम्दै सँम्बन्धित निकाए सँग गुनासो पोख्दै थिए। केही बेर यो प्रकरणले कार्यालयमा तनाव देखियो ।अघिल्लो पटक ट्रायलमा अनुतिर्ण भएका हरुले दोस्रो र दोस्रो पटक अनुतिर्ण भएकाले तेस्रो पटक ट्रायलका लागि आउँदा नाम नदेखेपछि आक्रोशित बनेका थिए ।

    त्यसै गरी दिउसो नया दर्ता र राजश्व बुझाउने काम पनि हुन सकेन ।यातायात कार्यालयमा रहेको सफ्टवेयरले काम नगरेकाले काममा ढिला मात्र भएन कि काम आजै हुन्छ भनेर सेवाग्राहीलाइ कुर्न लगाइयो तर ११ बजे देखि अबरुद्ध सेवा ३ बजे सम्म सुचारु हुन सकेन ।

    करिव ५ घण्टा सम्म सेवा ग्राहीलाई कुराएर ३ बजे यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत गोकुल शर्मा पौडेलले सूचना टाँस गरी यातायात व्यवस्था विभागको सफ्टवेयरमा फाइवरको खराबी कारण काम रोकिएको र बुधवार विहान नौ बजे सेवा शुरु हुने जानकारी गराएका थिए ।

    लामो समय सम्म कुरेका सेवाग्राहीले आज काम नहुने भए भोलि बोलाउनोस् भनि रहँदा आजको काम भोलि हुन्न आजै हुन्छ साँझ सम्म हुन्छ भने पछि सेवाग्राहीहरु कुरेरै ३ सम्म बसे तर कार्यलयले अकस्मात काम नहुने भन्दै सूचना टाँस गरेपछि सेवाग्राही आक्रोसित भएका थिए ।

    पोखरा राष्ट्र बैँक चोकका ढाका भट्टराईले आफु विहानै देखि कामका लागि आएको बताए। ‘काम हुन्छ चाँडै हुन्छ भनेर खाना खान पनि गइन आखिर काम पनि भएन, भोकै दिनभर भौतारिएरै बसे’ उनले भने। ‘सरकारले मुस्कान सहितको सेवा भनेपनि सामान्य नबुझेको कुरा सोध्दा कर्मचारी रिसाएको उनले गुनाशो पोखे ।

    कास्की स्याङजा,तनहुँ लगायतका गाउँ घरबाट आएका सेवाग्राहीहरु सानो काम रोकिँदा पनि बाँस बस्नु पर्ने भएको भन्दै चुकचुकाई रहेका थिए। सेवाग्राही हरुको भनाइमा यातायात कार्यालयले आफ्नो सेवा चुस्त दुरुस्त राख्नु पर्छ र कार्यालयको लापरबाहीले सेवाग्राही मर्कामा पर्नु हुदैन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.