यातायात कार्यलय लाइसेन्स शाखामा सर्वसाधारणले सास्ती भोग्दै, दास्रो दिनपनि शुरु भएन सेवा
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा । यातायात कार्यालय कास्कीमा बुधवार पनि सेवा सुचारू हुन सकेन । मगलवार अपरान्ह सफ्टवेयरमा समस्या आएपछि बुधवारका लागि सेवा लिन कार्यालयमा सूचना टाँस गरिएको थियो ।
पहिलो दिन सेवा लिन लाममा बसेर सफ्टवेयरले काम नगरेपछि रित्तो हात फर्किएका सेवाग्राही बुधवार बिहानै देखि सवारी अनुमति पत्र नया दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा पुगेर पुन लाइन बसेका थिए ।तर केही समयमा काम हुन्छ भनेर कार्यालयका तर्फ बाट भनिए पनि एक बजे सम्म पनि सफ्टवेयरले काम नगरेपछि बुधवार पनि अपरान्ह १ बजे सूचना टाँस गरि शुक्रवार कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
‘यातायात विभागको सफ्टवेयरमा समस्या छ त्यसैले सेवा दिन सकिएको छैन हामिले बन्छकी भनेर सेवाग्राहीलाइ केहिबेरमा सेवा सुचारु हुन्छ भन्यौ तर सफ्टवेयर बनेन’ यातायात व्यवस्था कार्यालय गण्डकीका सुचना अधिकारी भरत मणी बरालले भने ।‘सफ्टवेयर बनेको भए साँझ सम्म काम गरेर सेवाग्राहि लाई सेवा दिने सोँचेका थियौँ, त्यो पनि सम्भव भएन।’
दैनिक हजारको सँख्यामा सेवाग्राही आउने यातायात व्यवस्था कार्यालय गण्डकीमा दैनिक लाखौंको राजश्व उठने गर्दछ।तर, दिनहु जसो सफ्टवेयरकै कारण सेवाग्राहीले सास्ती ब्यहोदै आएका छन्।
‘कार्यलय नै भद्रगोलछ, कुन ठाउँमा सेवाग्रहीले के सेवा पाउने हो, प्रष्ट छैन। कार्यलय पुग्ने सेवाग्राही एतिकै अलमलमा पर्छन’ स्याङजाका बिनोद सुवेदीले भने। ‘मुलुकमा परिवर्तनको लागि ठूलाठूला आन्दोलन भए, गणतन्त्र आयो, प्रदेश सरकार बन्यो तर सरकारी कार्यलयको शैली फेरिएन। यो कार्यलयका अवस्था हेर्दा १८ सताब्दीको झल्को दिन्छ’सुवेदीले भने।
कार्यलयले सेवाग्राहीको लागि दिइने सेवालाई सहज नबनाएको सर्वसाधारणले गुनाशो गर्दै आएका छन्। सेवाग्राहीले जतिनै सास्ती ब्यहोरेपछि कार्यलयले भने केन्द्रलाई नै दोसदेखाउने र आफु उम्कने गरेको छ।
यसरी सेवा प्रभावित हुँदा एकातिर सेवाग्राही मर्कामा छन भने अर्काे तिर राजश्व उठने काम समेत अबरुद्द बनेको छ ।
Related