पर्वतको ठापाठानामा जिल्ला प्रशानले शिविर सञ्चालन गर्ने
/११ पुष २०७५, बुधबार १४:१९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । जिल्ला प्रशासन कार्यलय पर्वतले फलेवास नगरपालिका २ थापाठानामा शिविर सञ्चालन गर्ने भएको छ।स्थानीयस्तरमै नागरिकहरुलाई सेवा प्रवाह गर्ने सरकारको उदेस्य अनुसार प्रशानले शिविर सञ्चालन थालेको हो।
शिविरमा नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुलाई स्थानीय स्तरमा सहजरुपमा सेवा प्रदान गरिने जिल्ला प्रशान कार्यलय पर्वतले जनाएको छ।अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा रहेकाहरुलाई नागरिकता लिन सदरमुकाम कुश्मा सम्म आउन असहज भएकालाई सहजरुपमा स्थानीय स्तरमै सहज सेवा प्रदान गर्नको लागि फलेवास नगरपालिका २ थापाठानामा शिविर राख्न लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।
उनका अनुसार यही पुष १३ गते एक दिनका लागि थापाठाना, कार्कीनेटा, भंगरा र शंकरपोखरीका नागरिकहरुलाई लक्षित गरेर शिविर राख्न लागिएको हो । शिविरमा नागरिकताको प्रमाण पत्र प्रदान गर्नुका साथै प्रशासनबाट दिईने सेवाहरु नागरिकताको प्रतिलिपि, पेन्सन सिफारिस, दलित र जनजाति प्रमाणित गर्ने काम समेत गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।
यसैगरी, सोही शिविरमा जिल्ला निर्वाचन कार्यालय पर्वतबाट पनि टोली खटीने भएको छ । निर्वाचन कार्यालयको टोलीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका तथा नयाँ नागरिकता लिनेहरुको पनि फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गराउने छ ।

Related