कृष्ण अन्जान ज्ञवाली पोखरा / विश्व हिन्दु महासँघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पौष १३ र १४ गते पोखरामा बृहत् प्राज्ञिक सम्मेलन हुने भएको छ ।प्राज्ञिक सभाको सम्पुर्ण तयारी पूरा भइ सकेको विश्व हिन्दु महासघ कास्कीका अध्यक्ष शँकर खरालले बताए ।
गण्डकी प्रदेशका साथै काठमाण्डौबाट समेत प्राज्ञ हरुका सथै हिन्दु सम्प्रदाय का विभिन्न धर्म गुरुहरुको उपस्थितिमा प्राज्ञिक सभाको आयोजना गरिने छ ।
सभामा प्राज्ञ सुरेन्द्र केसी , नारायण अधिकारी ,स्वामी मणिभद्र लगायतको उपस्थिति रहने बताइएको छ ।
राष्ट्रियताको सम्बर्द्धन र सँरक्षणमा प्राज्ञिक तथा धार्मिक समुदायको भुमिका विषयक अन्तरकृया का साथै कार्यपत्र समेत प्रस्तुत हुनेछ ।प्राज्ञ सुरेन्द्र केसी ,तथा निर्मल मणि अधिकारी लगाएत प्राज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन ।
पोखराको राममन्दिरमा आयोजना हुने उक्त प्राज्ञिक सभामा धर्म गुरुहरुका प्रबचन समेत हुने विश्व हिन्दु महासँघका अध्यक्ष खरालले जानकारी दिए ।कार्यक्रमको भोलि गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घघाटन गर्नेछन । प्राज्ञिक सभा शनिवार समापन हुनेछ ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा / विश्व हिन्दु महासँघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पौष १३ र १४ गते पोखरामा बृहत् प्राज्ञिक सम्मेलन हुने भएको छ ।प्राज्ञिक सभाको सम्पुर्ण तयारी पूरा भइ सकेको विश्व हिन्दु महासघ कास्कीका अध्यक्ष शँकर खरालले बताए ।

Related