• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेकसाइडको सडक महोत्सवमा पटाका नपट्काउन अदालतकाे आदेश

  •      /१३ पुष २०७५, शुक्रबार ०६:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पाेखरा/ अंग्रेजी नयाँ वर्षको अवसरमा फेवाताल किनारमा हुने सडक महोत्सवमा पटाका नपट्काउन उच्च अदालत पोखराले बुधबार आदेश जारी गरेको छ ।

    राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै दर्ता गरेको रिटमा बुधबार विपक्षीका नाममा आदेश जारी गरेको हो ।

    समितिका अध्यक्ष रामबहादुर पौडेलले पुस ५ गते पोखरा महानगरालिका, जिल्ला प्रशासन लगायतलाई विपक्षी बनाएर निषेधाज्ञा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गरेका थिए । न्यायाधीश रामचन्द्र यादव र नरबहादुर शनाहीको इजलाशले उक्त आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, ‘न्यु इयर इभको सन्दर्भमा पुस १३ देखि १७ गतेसम्म महोत्सव हुने स्थानमा कुनै किसिमका पटका वा आतिसबाजी नपट्काउनु पट्काउन नलगाउनू भनी विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।’

    विस्फोटक पदार्थ ऐन २०१८ को दफा १० मा आतसवाजी वा पटाका पट्काएमा १ हजार रुपैयाँसम्म जरिवाना हुनेगरी आतसबाजी वा पटका पट्काउन रोक लगाएको छ ।

    पोखराको ड्यामसाइडदेखि फेवातालको पूरै एरिया सिमसारमा सूचीकृत भएकाले उक्त स्थानमा आतसवाजी वा पटका पट्काउँदा ध्वनि प्रदूषण भइ त्यहाँ रहेका जलचर तथा स्थलचर जनावर तर्सने, भाग्ने र जनजीवन तथा स्वास्थ्यमा समेत आशंक पर्ने भएकाले अन्तरिम आदेशको माग गर्दै रिट दायर भएको थियो ।

    वरिष्ठ अधिवक्ताद्वय तीलक पराजुली र विश्व घिमिरे, अधिवक्ता सुरेन्द्र थापामगरले निवेदकको तर्फबाट वहसपछि गरेका थिए । उक्त रिटमा मुख्य न्यायाधीश कुमार चुडालले पुस ६ गते निवेदकको माग वमोजिम आदेश किन जारी नगर्नु पर्ने हो कानुनसम्म आधार र कारण समेत खुलाई बाटोको म्यादवाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.