• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जिल्ला प्रहरी कार्यालय गुल्मीले ग¥यो सार्वजनिक सुनुवाइ, उल्लेख्य कामगरेको प्रहरी दावी

  •      /१३ पुष २०७५, शुक्रबार १४:३० ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । कार्यलयले सम्पादन गरेका सम्पूर्ण गतिविधिलाई सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत भएका आजसम्मेका सम्पुर्ण गतिविधिलाई प्रहरीले सार्वजानिक गरेको हो ।

    प्रहरीले सार्वजनिक गरेका कार्यक्रममा टाफिक ब्यबस्थापन, राजश्व असुली तथा चालक सहचालकलाई सडकमै प्रशिक्षण,विद्यालयमा साइबर जनचेतना,जिल्लाका स्थानमा पुगेर जनचेतनामूलक कार्यक्रम गरेको लगायत गरेको जनाएको छ।

    प्रहरीले संचालन गरेको कार्यक्रम उपलब्धीमूलक र प्रभाबकारी भएको जिल्ला प्रहरी प्रमुख दिपकुमार बस्नेतले बताए। स्थानिय तहमा रहेका आम नागरिक सँग समन्वय गर्दै प्रहरीले जिल्लामा अपराध हुन नदिन सूचना संकलन गर्नुका साथै १९ गाडी र १८ मोटरसाइकल मार्फत शहरी तथा ग्रामिण क्षेत्रमा शान्तिसुरक्षा कायम गर्दै आएको जनाएको छ।

    प्रहरीले जिल्लामा शान्तिसुरक्षा कायम गरी लागुऔषध तथा अवैध मदिरा बिक्रीबितरण, ओसारपोसार, सडक सुरक्षा,सवारी नियमका वारेमा सर्वसाधारणलाई जानकारी र जनचेतनामूलक लगायतका कार्यक्रम संचालन गरेको छ ।

    प्रहरीले स्थानिय तह र नागरिकहरुको सहकार्यमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जसअन्र्तगत समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएका स्थानहरुमा जिल्ला समिति १, गाउँ पालिका १२, र वडा ८७ वटा समिति गठन गरेको छ । त्यस्तै प्रहरी विद्यालय समिति ६९ गठनगरिसकेको जनाएको छ। अवैध घरेलु मदिरा बरामद नष्ट, गाँजा फडानी लगायत काम सम्पन्न गरेकोछ।

    यस अवधिमा महिला तथा बालबालिका सेवा केन्द्र तथा उद्धार तर्फ हराएका ३२ महिलाको निवेदन परेको छ। जसमध्ये २१ महिला भेटिएको, हराएका ७ बालक मध्ये ७ जना नै भेटिएको, हराएका ११ बालिका मध्ये ९ जना भेटिएको प्रहरी प्रमुख दिपककुमार बस्नेतले बताए।

    हराएका निवेदन तथा उजुरी प्रहरी कहाँ आउने तर भेटिएपछि प्रहरीलाई सूचना नदिने प्रबृक्तीले भेटिनेको तथ्याङ कम देखिएको प्रमुख बस्नेतले बताए। त्यस्तै प्रहरीले यस अवधिमा ८ जना सडक बालबालिकाको उद्दार गरेको छ । रेसुङ्गा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टबाट बालश्रमिकको रुपमा रहेका १५ जना बालबालिका लाई उनीहरुका आफन्त र परिवारको जिम्मा लगाएको छ।

    साथै बाबुले आमालाई हत्यागरेपछि बेसहारा भएका ३ बालबालिकालाई बालगृह काठमाडौमा पठाइएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा ११ महिला र १८ जना पुरुषले आत्महत्या गरेको जनाएको छ।सार्वजानिक सुनवाईमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले ट्राफिक समस्याको बारेमा गुनासो राखेका थिए ।

    नागरिकले उठाएका जिज्ञासाको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबै समस्या एकैचोटि समाधान गर्न नसकिने बताए। ‘बिस्तारै समस्याको समाधान हुदै जान्छ’ उनले भने। ‘यसका लागि नागरिकको सहयोग र सद्धभाव अपरिहार्यछ।’

    कार्यक्रममा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी ,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकार लगायतको उपस्थित रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.