• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्व हिन्दू महासँघकाे प्राज्ञिक भेला पाेखरामा, हिन्दूधर्मप्रति नेताहरुले बदमासी गरेको आरोप

  •      /१३ पुष २०७५, शुक्रबार १५:०५ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा / विश्व हिन्दू महासँघ कास्की शाखाकाे अायाेजनामा शुक्रवार देखि पाेखरामा गण्डकी प्रदेश स्तरिय प्राज्ञिक भेला शुरु भएकाे छ ।भेलाकाे गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले स्थानिय राम मन्दिरमा उद्दघाटन गरे ।

    भेलामा प्रमुख अतिथिकाे अासनवाट बाेल्दै प्रमुख कुुँवरले राष्ट्रियता नै ब्यक्तिकाे पहिचान भएकाे बताए ,उनले जनताका प्रतिनिधिले गरेकाे कामहरुका बारेका सराेकार राख्नु अाम नागरिकाे दायित्व भएकाे बताए ।

    भेलामा राष्ट्रियताकाे सँबर्धनमा धार्मिक तथा एवँ प्राज्ञिक क्षेत्रकाे भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डाक्टर सुरेन्द्र केसीले धर्मनिरपेक्षता नेपालका राजनैतिक पार्टीका नेताले नबुझेर ल्याएकाे विषय भएकाे बताए ,उनले पछिल्लोपटक धर्मान्तरणकाे कुरा उठि रहेकाे छ धर्मान्तरण किन भइ रहेकाे यसकाे वास्तविक चुराे कुरा केहाे त्यसबारे विश्लेषण गर्नु पर्ने बेला अाएकाे बताए ।

    एसिया प्यासिफिक सम्मेलनकाे कुरा गर्दै उनले भने जुन सँस्थाले कम्युनिस्ट समाप्त पार्ने खेल खेल्छ त्यहि सँस्थका कार्यक्रममा कम्युनिस्ट पार्टीका नेताकाे सहभागीता हुनुलाइ के भन्नु हुन्छ भनेर प्रश्न गरेका थिए ।

    डाक्टर केसीले धर्मान्तरणकाे तथ्यांक प्रस्तुत गर्दै विश्वमा अहिले ३१ प्रतिशत इसाइ २४ प्रतिशत मुस्लिम १५ प्रतिसत हिन्दु र ७ प्रतिशत बाैद्द मार्गि रहेकाे र सन २०५० मा इसाइकाे प्रतिसत बढेर ५३ प्रतिशत पुग्ने बताए ।उनले नेपालमा जनसंख्याकाे १० प्रतिशत प्रत्येक वर्ष धर्म परिवर्तन गरेर इसाई बन्ने गरेकाे पनि बताए ।

    प्राज्ञिक सभामा बाेल्दै विश्व हिन्दु महासँघका सल्लाहकार डाक्टर नारायण अधिकारीले विश्वका सबै धर्मका अाफ्ना देश रहेकाे तर हिन्दुहरुकाे देशलाई धर्म निरपेक्षताका नाममा राज्ले नै खाेसेकाे बताए ,उनले धर्म निरपेक्षताले सवै धर्मलाइ रक्षा गर्नु पर्नेमा राज्यनै हिन्दु धर्मकाे नास गर्ने र अरु अायातित धर्मकाे सँरक्षणमा लागेकाे र नेताहरु नै त्याे कार्यकाे पृष्टपाेशक भएकाे अाराेप लगाए ।

    पुर्व साँसद तथा धार्मिक अभियन्ता शँकर पाण्डेले अब सबै राजनितीकवाद समाप्त हुने र सनातन समाजवाद अाउने बताउँदै सँस्कृत विश्व भाषा हुने ठाेकुवा गरे ।
    सभालाई सम्बाेधन गर्दै १००८स्वामी रमणा नन्द गिरीमहाराजले धर्म परिबर्तन हाेइन सँस्कार परिवर्तन गरिएको छ र ती सँस्कार परिबर्तन गर्ने हरु हिन्दु सँस्कार मा फर्किने बताए ।

    सभामा अतिथीहरुलाइ स्वागत गर्दै विश्व हिन्दु महासँघका कास्की जिल्ला अध्यक्ष शँकर खरालले राष्ट्रियता र हिन्दु धर्मनै अप्ठ्याराे मा परेका बेला याे प्राज्ञिक सभाकाे अायाेजना गरेर सवैकाे राय बुझ्ने र हिन्दुराज्यकाे अभियानमा अागामी वाटाे तय गर्ने याेजना विश्व हिन्दु महासँघकाे रहेकाे बताए । भेलामा बाेल्दै हिन्दु धर्मका अभियन्ता लिला भक्त अाचार्यले हिन्दुराज्य राज्य बनाउने अभियान अबकाे अावस्यकता भएकाे बताए ।

    प्राज्ञिक भेला डाक्टर नारायण प्रसाद अधिकारी काे अध्यक्षतामा भएकाे भेलाकाे सन्चालन विश्व हिन्दु महासँघ कास्कीका सचिव भानु भण्डारी क्षितिजले गरेका थिए ।भेला शनिवार पनि जारि रहने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.