• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय घलेल गाउँमा २० औं ल्होछार उत्सब हुने

  •      /१४ पुष २०७५, शनिबार ०६:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 

    पोखरा । “आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” भन्ने नारा सहित कास्कीको पर्यटकिय घलेल गाउँमा २० औं घलेल ल्होछार उत्सब २०७५ हुने भएको छ ।
    तमु समुदायको चाड ल्होछार र बमबहादुर आधारभुत बिद्यायलयको बार्षिकोत्सबको अबसरमा बौद्ध सृजना युवा क्लब र घलेल टोल सुधार समितको सयुक्त आयोजना तथा बिद्यालयको सहआयोजनामा आगामी १५ देखी २२ गते सम्म माछापुच्छ्रे गाउँपालिका घलेलमा २० औं घलेल ल्होसार उत्सब हुने भएको हो ।

    उत्सबमा मुख्य आकर्षणको रुपमा गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिता समाबेश गरिएको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबल तर्फको प्रथम, द्धित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नेछ भने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिनेछ ।

    त्यस्तै महिला गाउँ स्तरिय महिला भलिबल प्रतियोगिता तर्फको प्रथम हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने बताउदै एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिने जानकारी दिए ।

    उत्सबमा प्रौढ पुरुष (३२ बर्ष माथि) पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता,एकल नृत्य प्रतियोगिता, माछापुच्छ्रे गाउँपालिका स्तरिय आधारभुत छात्र/छात्रा भलिबल प्रतियोगिता, लगायतका बिभिन्न खेलकुद प्रतियोगिताहरु समाबेश गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.